२०८३ अशोज २८, बुधबार
2026 October 13, Tuesday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

NCF नेपालको साधारण सभा सातै प्रदेशका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न

काठमाडौं । नेपाल राष्ट्रिय मण्डली संगति (NCFN) को साधारण सभा आज मंगलबार काठमाडौंको पुतलीसडकस्थित बेथशालोम पुतलीसडक चर्चमा संस्थाका कार्यकारी अध्यक्ष रेभ. किरण कुमार दासको अध्यक्षतामा आशिषमय वातावरणमा सम्पन्न भएको छ ।

सातै प्रदेशका प्रतिनिधिहरूको उत्साहजनक सहभागितामा सम्पन्न सभामा विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको थियो ।मण्डलीहरूबीचको एकता, सहकार्य र आपसी सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित आयोजित सभामा सहभागी प्रतिनिधिहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए ।

कार्यक्रममा प्रार्थना, प्रवचन, संगति तथा विभिन्न गतिविधिहरूका साथ सम्पन्न भएको थियो । महासचिव पास्टर शेर ए.सीले गत आर्थिक वर्षको प्रगति विवरण तथा चालु आ.व. २०८३/०८४ को कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने संस्थाका कोषाध्यक्ष पास्टर बीर बहादुर तामांगले आर्थिक विवरण तथा चालु आ.व.को अनुमानित बजेट पेस गर्नुभएको थियो साथै विभिन्न विभागको प्रगति विवरण विभागीय अगुवाहरूले प्रस्तुत गर्नुभएको थियो भने अन्य एजेन्डाहरू अध्यक्षज्यूले पेस गर्नुभएको थियो ।

साधारण सभामा वर्तमान महासचिव पास्टर शेर ए.सी.को उमेर हदका कारण कार्यकाल समापन भएकोले बिदाईको औपचारिक कार्यक्रम पनि गरिएको थियो ।

NCF नेपालको यस साधारण सभाले देशभरका मण्डलीहरूलाई एकताबद्ध गर्दै परमेश्वरको सेवकाईलाई थप प्रभावकारी बनाउने दिशामा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको कुरा अध्यक्ष किरण कुमार दासले हामीलाई बताउनुभयो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...