२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

महासंघले पत्रकार सम्मेलन गरी ख्रीष्टमसमा सार्वजनिक बिदा दिन माग गर्यो

काठमाडौं, ०५ पौष २०७५ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आज काठमाडौँको भृकुटीमण्डपस्थित रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन गरी नेपाल सरकारसँग ख्रीष्टमसका दिन सार्वजनिक बिदा दिन माग गरेको छ ।

महासंघका अध्यक्ष सि.बि.गहतराजले ख्रीष्टमसका दिन दुई–तिहाईको सरकारले सार्वजनिक विदा नदिएमा इतिहासकै ठूलो गल्ति हुने र पछुताउनु पर्ने भन्दै कुनै पनि हालतमा सरकारले बिदा घोषणा गरी नेपालमा रहेको ३० लाख ख्रीष्टियनहरूको भावनालाई सम्मान गर्नु पर्ने बताउनु भयो । २०६४ सालदेखि निरन्तर रुपमा हुदैँ आएको बिदा यसपाली विना कारण सरकारले कटौती गर्दा नेपाली ख्रीष्टियन समुदायको भावनामा ठूलो चोट परेको छ, साथै नेपाल सरकारले ख्रीष्टियन समुदायलाई दिएको त्यही एउटा अधिकारलाई पनि खोसेर विश्वप्यापी मानव अधिकारको घोषणा–पत्र तथा नेपालको संविधान २०७२ को ठाडै उल्लङ्गघन गरेको छ र धर्मनिरपक्षताको मर्म विपरित कार्य गरेको छ भनेर उहाँले भन्नुभयो ।

केही महिना अघि मात्र काठमाडौंमा सम्पन्न भएको पिस फेडेरेशनले आयोजना गरेको एसिया प्यासफिक समिटका सम्बन्धमा पत्रकारहरूले सोधेको प्रश्नमा उहाँले “एसिया प्यासफिक समिटले सबैलाई भ्रममा पारेको छ, प्रधानमन्त्री, मन्त्रीहरू, नेताहरूका साथै आम सर्वसाधारणहरूमा भ्रम सृजना गरेको छ र यसले नेपाली ख्रीष्टियनहरूलाई बदनाम गर्ने काम गर्यो, यसमा नेपाली ख्रीष्टियन समुदायको कुनै पनि संलग्नता नरहेको र यो समिट पूर्णरुपले बाइबल धर्मशास्त्रको सिद्धान्त तथा परमेश्वरको वचनका विरुद्धमा भएकोले नेपाली ख्रीष्टियन समुदायले यसलाई स्वीकार गर्न नसक्ने र नगर्ने कुरा स्पस्ट पार्नुभयो । यस प्रकारको गलत काम गर्ने संस्था तथा व्यक्तिहरूलाई सरकारले कारवाही गर्नु पर्छ र सरकार आफै समिटको सह–आयोजक बनि गलत कार्यक्रममा सहभागी भई राष्ट्रको प्रतिष्ठमा आँच पुर्याउने काम गरेको छ भनेर बताउनु भयो ।

विश्वमा सबैभन्दा धेरै मानिसहरू तथा राष्ट्रहरूले मनाउने तथा नेपालमा पनि हाल ख्रीष्टियनले मात्र नभई अरु धर्मवलम्वीहरूले पनि मनाउने महान पर्व भएकोले राष्ट्रिय मानवअधिकार आयोग, अधिकारकर्मी, पत्रकारहरू तथा नागरिक समाजलाई ख्रीष्टमस बिदा कायम गराउन सहयोग गर्न सबैलाई अनुरोध गर्नुभयो ।

महासंघका उपमहासचिव तथा प्रवक्ता पा. उद्धव चिमोरियाले राष्ट्रिय ख्रीष्टियन महासंघको मागहरूका बारेमा प्रकाश पार्नु भएको थियो भने कार्यक्रमलाई अर्का उपमहासचिव धनराज घिमिरेले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा उपत्यकाका विभिन्न मण्डलीका पाष्टर तथा अगुवाहरूका साथै महासंघका पदाधिकारीहरूको उल्लेखिय उपस्थिति रहेको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...