२०८२ बैशाख ६, शनिबार
2025 April 19, Saturday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

काठमाडौँमा संयुक्त भनिएको ख्रीष्ट जन्मोत्सव कार्यक्रम सम्पन्न

पुस २, २०७५, ललितपुर । ललितपुरको कुमारीपाटी स्थित क्वाइनोनिया पाटन चर्चको हलमा काठमाडाैँ उपत्यकाका चर्चहरूको संयुक्त ख्रीष्टमस शुभ कामना अादानप्रदान कार्यक्रम हिजो सम्पन्न भएको छ । ख्रीष्टमस महोत्सवको पूर्वसन्ध्यामा अायोजित सो कार्यक्रममा सबै मुख्य सम्प्रदायहरूका अगुवा प्रतिनिधिका साथै पास्टर लिडरहरूको सहभागिता थियो । सो कार्यक्रममा सहभागीहरूको सहभागिताले नेपाली ख्रीष्टियन समुदायमा भित्री रूपमै एकअर्कामा मेलमिलाप, अपनत्व र एकताको खाँचो छ भन्ने सन्देश दिन्थ्यो ।

पास्टर पदमनाथ पराजुलीले सुरूको प्रार्थना गर्नुभएको थियो भने संक्षिप्त र अत्यन्तै प्रभावकारी प्रवचन एजीएनका पास्टर दिलिप क्षेत्रीले दिनुभएको थियो । उहाँले हामीले अाफ्नै नाम पद र राज्यको लागि होइन तर परमेश्वरको राज्यको लागि काम गर्नुपर्छ भनि महत्वकांक्षा र सीमा पार गरेर गरिने कार्य परमेश्वरमा ग्रहण नहुने सन्देश दिनुभयो ।

एनसिएसका कोषाध्यक्ष पास्टर राजेन्द्र मल्लले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा एनसिएसकै महासचिव पा. डिल्ली राम पाैडेलले स्वागत मन्तव्य दिनुभएको थियो । संयुक्त भनिएको सो ख्रीष्ट जन्मोत्सव कार्यक्रममा एनसिएफएनका अध्यक्ष पा. हनोक तामाङ, एनसिएसका अध्यक्ष पा. बर्णबास श्रेष्ठ, अाशिष चर्चका पा. सुन्दर थापा, नमूना ख्रीष्टियन समाजका तर्फबाट पा. शामुएल सोदेम्बा, नेपाल ब्याप्टिस्ट काउन्सिलका तर्फबाट पा. विजय थापा, क्वाइनोनिया चर्चका तर्फबाट पा. प्रकाश सुब्बा, काठमाडाैँ ख्रीष्टियन समाजका तर्फबाट पा. रविन वैद्य, भक्तपुर ख्रीष्टियन समाजका अध्यक्ष अशोक प्रधान लगायतले मन्तब्य राख्नु भएको थियो । मन्तव्य राख्ने क्रम सकिएपछि एनसिएसकै सचिव तथा एजिएनका पा. मुकुन्द शर्माले धन्यवाद दिनुभएपछि पा. तुला सिं राईको अन्तिम अाशिषको प्रार्थनाबाट कार्यक्रम समापन भएको थियो ।

कार्यक्रमको बिचमा गायक राजेश राईले ख्रीष्टमस सम्बन्धी मिठो गीत प्रस्तुत गर्नुभएको थियो भने बाल कलाकार युनिशाले पनि ख्रीष्टमस तथा क्यारोल सम्बन्धी गीतमा अाकर्षक नृत्य प्रस्तुत गर्नुभएको थियो । त्यस कार्यक्रममा पाटन क्वाइनोनिया चर्चका क्वायर झुण्डले सुरुमा ख्रीष्टमस गीत प्रस्तुत गरेको थियो भने आराधनामा पनि अगुवाई गरेको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...