२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

ख्रीष्टमस बिदा कायम गर्न महासंघले राष्ट्रिय मानव अधिकार आयोग गुहार्यो

काठमाडौँ, २५ मंसिर २०७५ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.बि.गहतराजको नेतृत्वमा महासंघका पदाधिकारीहरूको एक टोलीले आज राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई भेटी आसन्न ख्रीष्टमसमा सार्वजनिक बिदा कायम गराउनका लागि नेपाल सरकारसँग पहल गरिदिनका लागि अनुरोध गर्दै एक ज्ञापन पत्र बुझाएको छ ।

सो अवसरमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले महासंघको ज्ञापन पत्र बुझ्दै विगतमा पनि आयोगले ख्रीष्टमसका दिनमा सार्वजनिक बिदा दिलाउनका लागि भूमिका खेलेको स्मरण गराउँदै यस वर्ष पनि आयोगले बिदा कायम गराउनका लागि पहलका साथै रचनात्मक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । विश्वव्यापी मानव अधिकारको मुल्य र मान्यता अनुसार राज्यले हरेक धार्मिक समुदायलाई समानरुपमा व्यवहार गर्नुपर्ने र ख्रीष्टियन समुदायका लागि ख्रीष्टमसका दिन मात्र नभई इष्टरमा पनि बिदा दिनुपर्ने धारणा उहाँले राख्नुभएको थियो । ख्रीष्टमस, ख्रीष्टियनहरूको मात्र पर्व नभई अन्तर्राष्ट्रिय पर्व भएको कारणले नेपाल सरकारले पनि सार्वजनिक बिदा दिनुपर्नेमा उहाँले जोड दिनुभएको थियो । महासंघ र नेपाल सरकारबिच भएको ३ र ६ बुँदे सम्झौतालाई टेकेर आयोगले यस विषयमा पहल गर्ने कुरा उहाँले बताउनुभएको हो ।

वि.स.२०६४ देखि निरन्तर रुपमा दिइदै आएको सार्वजनिक बिदा यस वर्ष पनि अघिल्लो वर्ष जस्तै नेपाल सरकारले ख्रीष्टियनहरूका लागि मात्र कायम गरेको हुँदा महासंघले गम्भिर आपत्ति जनाउँदै र यसले ख्रीष्टियन समुदायको भावनामा गहिरो चोट पुगेकोले आसन्न ख्रीष्टमसका दिनमा सार्वजनिक बिदा कायम गर्नका लागि राष्ट्रिय मानव अधिकार आयोगले सशक्त रुपमा पहल गरिदिनका लागि अनुरोध गर्दै आयोगका अध्यक्षसमक्ष महासंघले ज्ञापन पत्र बुझाएको हो ।

सोही अवसरमा महासंघका अध्यक्ष सि.बि. गहतराजले ख्रीष्टियन समुदायको समाधिस्थल, ख्रीष्टियन आयोग गठन लगायत अन्य समस्याहरूका बारेमा पनि आयोगका अध्यक्षलाई जानकारी गराउनु भएको थियो ।

स्मरण रहोस्, महासंघले यस वर्षको ख्रीष्टमसका दिन पटके बिदाका रुपमा बिदा दिन मात्र नभई आगामी वर्षहरूमा ख्रीष्टमसका दिन सार्वजनिक बिदाकै रुपमा कायम गर्न नेपाल सरकारसँग माग गरेको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...