२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

महासंघले यसपाली पनि सरकारसँग ख्रीष्टमसको सार्वजनिक बिदा माग गर्यो

१७ मंसिर ०७५, काठमाडौँ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.वि.गहतराजको नेत्तृत्वमा महासंघका पदाधिकारीहरूको एक टोलीले आज गृहमन्त्री रामबहादुर थापालाई भेटी आसन्न ख्रीष्टमसमा नेपाल सरकारले सार्वजनिक बिदा दिनु पर्ने भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

आज सोमबार राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.वि.गहतराजले महासंघका अन्य पदाधिकारीहरूको उपस्थितिमा नेपालका अल्पसंख्यक ख्रीष्टियनहरूको आसन्न महान पर्व ख्रीष्टमसमा नेपाल सरकारले सार्वजनिक बिदा घोषणा गर्नु पर्ने माग राख्दै गृहमन्त्री थापालाई ज्ञापन पत्र बुझाउनु भएको हो । महासंघको तर्फबाट ध्यानाकषर्ण पत्र बुझेपछि गृहमन्त्री थापाले ख्रीष्टमस बिदाका सम्बन्धमा नेपाल सरकारले पुर्नविचार गर्ने महासंघका पदाधिकारीहरूसँग प्रतिवद्धता जनाउनु भएको छ ।

स्मरण रहोस् २०६४ सालदेखि नेपाल सरकारले ख्रीष्टियनहरूको महान पर्व ख्रीष्टमसमा सार्वजनिक बिदा दिदैं आएको भएता पनि पछिल्लो केही वर्ष यता उक्त दिन ख्रीष्टियनहरूका लागि मात्र भनेर बिदा दिदैं आएको छ । सोका कारण सरकारी अफिसमा कार्यरत ख्रीष्टियन कर्मचारीहरूलाई सरकारले बिदा दिएतापनि प्राइभेट अफिसमा कार्यरत ख्रीष्टियनहरूलाई र स्कूल तथा कलेज पढ्ने लाखौं ख्रीष्टियन विधार्थीहरूले बिदा नपाउने भएकोले सार्वजनिक बिदाका रूपमा नै सरकारले घोषणा गर्नुपर्ने माग महासंघले गरेको हो ।

यस वर्षको ख्रीष्टमस नजिकिदैं गर्दा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले ख्रीष्टमसका दिन पटके बिदाका रूपमा नभई सार्वजनिक बिदाका रुपमा नै बिदा दिनुपर्ने माग गरेको हो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...