2०७५ मंसिर १६, काठमाडौँ । शालाेम संगति नेपालकाे अायाेजनामा अाज डाँडाकाे प्रार्थना काठमाडौँको बुढानिकण्ठस्थित टुसालकाे डाँडामा संगतिकाे अधिकांस मण्डलीहरूका पास्टरहरू भेला भर्इ राष्ट्र तथा नेपाली मण्डलीहरूका लगायत बिभिन्न समसामयिक बिषयहरूकाे लागि प्रार्थना गरिएकाे थियाे ।
उक्त कार्यक्रम संगतिका सचिव पास्टर रामशरण श्रेष्ठकाे संचालनमा शुरूकाे प्रार्थना बिशप मिनी कुमार रार्इलार्इ अनुराेध गर्नुहुदै अन्तरबिन्तिकाे प्रार्थनाकाे बिषयहरू पनि उहाँले नै बाड्नुभएकाे थियाे । धर्मशास्त्रबाट संगतिका अध्यक्ष पास्टर रूद्र रार्इले प्रार्थनाकाे महत्व र राष्ट्र तथा मण्डली समुदायहरूकाे लागि पश्चाताप सहितकाे प्रार्थना गर्नुपर्ने अावश्यकता रहेकाे धर्मशास्त्रकाे २ इतिहास ७ः१४ बाट प्रकाश पार्नुभएकाे थियाे भने अाराधना सेवा अगुवार्इमा संगतिका सदस्य पास्टर दिपेन्द्र गुरूङले गर्नुभएकाे थियाे ।
अाराधनाबाट शुरू भएको उक्त डाँडाकाे प्रार्थना संगति वचनकाे सेवा हुदैँ अन्तरबिन्ति प्रार्थनामा प्रबेश भइ अन्त्य भएकाे थियाे । कार्यक्रमकाे अन्त्य पछि सबै पास्टरहरू नजिकैकाे बिश्वब्यापि मण्डलीमा अाेर्लनुभर्इ प्रेमभाेजमा सहभागी हुनुभएकाे थियाे । यस प्रकारकाे अन्तरबिन्ति प्रार्थना निकै प्रभावकारी र उत्साहजनक भएकाे हुदाँ संगतिले फेरि फेरि पनि गरिरहने निर्णय गरिएकाे जनाइएको छ ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४