२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

बिलिभर्स ईस्टर्न चर्च सेमिनरी नेपालको संयुक्त दीक्षान्त समारोह सम्पन्न

२०७५ मङ्सिर ११ गते, कृष्ण प्रधान, काठमाडौँ । १८ नोभेम्बर, २०१८ का दिन बिलिभर्स ईस्टर्न चर्च भक्तपुर र चितवन सेमिनरीको संयुक्त दीक्षान्त समारोह भक्तपुर जिल्लाको दुवाकोटस्थित सेमिनरीमा “ख्रीष्टको सन्देश बाँड्नुछ अघि बढ्नुछ” भन्ने मुख्य बिषयमा रहेर भव्यताका साथ सम्पन्न भएको छ ।

बिशप धनबहादुर तामाङको प्रार्थनाबाट सुरु भएको समारोहमा काठमाडौं डायोसिसका बिशप हेमचन्द्र शर्माले आमन्त्रित मुख्य अतिथि बिलिभर्स ईस्टर्न चर्च भारतको चण्डिगढ डायोसिसका बिशप मार्टिन मोर अप्रेम तथा विशेष अतिथिका रूपमा पोखरा डायोसिसबाट बिशप गोपाल क्षेत्री, भक्तपुर सेमिनरीका बिशप धनबहादुर तामाङ, बिर्तामोड डायोसिसबाट भिकार जेनेरल रेभ.फा. डा. चित्रकुमार रुपाचा, काठमाडौं डायोसिसका डायोसेसन सेक्रेटरी रेभ.फा. माञ्जा गोम्जा तामाङ, पोखरा डायोसिसका सेक्रेटरी डिकन फा. शशीधर चपाईंका साथै तीनै वटा डायोसिसका जिल्ला फादर, क्षेत्रीय अगुवा र उपस्थित उपत्यकास्थित मण्डलीका अगुवा र विश्वासीहरूलाई हार्दिक स्वागत गर्नुहुँदै दीक्षित हुने विद्यार्थीहरूलाई सेवकाइमा प्रस्थान गर्न अघि स्नेहपूर्वक आशिष प्रदान गर्नका साथै परमेश्वरको सेवामा दृढ्तापूर्वक अघि बढ्न प्रेरणा दिनुभएको थियो ।

भक्तपुरस्थित बाइबल सेमिनरी १ मार्च, १९९३ बाट र गर्ल्स सेमिनरी चितवनको भीमनगरमा सन् २००१ बाट सुरु भएको हो । यो भक्तपुर सेमिनरीको २६ औं र चितवन सेमिनरीको १७ औं दीक्षान्त समारोह थियो। समारोहमा भक्तपुर सेमिनरीका प्रिन्सिपल फा. ख्रीष्टपावल तामाङ तथा चितवन सेमिनरीका प्रिन्सिपल उर्मिला लामाले क्रमैसँग आ-आफ्ना मातहतका सेमिनरीको प्रतिवेदन प्रस्तुत गर्नुभयो । दुइटै सेमिनरीका छात्र-छात्राहरूको प्रतिनिधित्व गर्दै विधार्थी भक्तबहादुर शाहीले विधार्थीहरूको सेमिनरीको गतिविधि र सेवकाइको क्षेत्रमा प्राप्त उपलब्धिबारे विस्तृत जानकारी दिनुभयो ।

यस पटकको दीक्षान्त समारोहमा भक्तपुर सेमिनरीबाट २६ जनाले जी.टी.एच. र चितवन सेमिनरीबाट ४२ जनाले डी.टी.एच. को प्रमाण-पत्र प्राप्त गरे । दीक्षित विद्यार्थीहरूलाई प्रमाण-पत्र बिशप मार्टिनले प्रदान गर्नुभएको थियो भने पुरस्कार हस्तान्तरण बिशप गोपाल क्षेत्रीले गर्नुभएको थियो । यसै गरी बिशप हेमचन्द्र शर्माले समारोहमा भक्तपुर सेमिनरीका विधार्थीहरू प्रदीप तामाङ, भक्तबहादुर शाही, बुद्धिराज गुरुङ, दीपेन्द्र कैनी र अनीश राईका साथै, चितवन सेमिनरीका विधार्थीहरू रीना तामाङ, सपना राई, विपना बिक, धनमाया तामाङ र माधवी कुँवरलाई आफ्ना पूरा शैक्षिक अवधिमा असल र उत्कृष्ट विधार्थीहरूका रूपमा दरिएका हुनाले पुरस्कृत गर्नुभयो ।

बिशप मार्टिनले परमेश्वरको वचनबाट बोल्ने उपक्रममा दीक्षित विद्यार्थीहरूलाई सम्बोधन गर्दै ‘आत्मिक अगुवामा हुनुपर्ने ५ वटा विशेष गुण’ का बारेमा सारगर्भित र प्रभावकारी शिक्षा दिनुभयो । समारोहका अन्त्यमा डायोसेसन सेक्रेटरी डि.फा. शशीधर चपागाईंले उपस्थित सबैप्रति कृतज्ञता प्रकट गर्नुभयो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...