२०७५ मंसिर १० गते, काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालबाट विभिन्न समय गरी २६ जनाले राजीनामा दिएकाहरूले आज काठमाडौंमा पास्टर तथा अगुवाहरूको एक भेलाको आयोजना गरी आफूहरूले महासंघ छोड्नु पर्नाको कारण बारे स्पष्ट पारेका छन् ।
पास्टर शामुएल सोदेम्बाको सभापतित्वमा सम्पन्न भएको “पास्टर तथा अगुवा भेला २०१८” का अायाेजकले महासंघबाट राजीनामा दिनु पर्नाका कारण समुदायलाई स्पस्ट पारेकाे हाे । अायाेजककाे तर्फबाट पास्टर किरण कुमार दासले भेलाकाे विषयवस्तुमा प्रवेश गर्दै आफूहरूको महासंघको मुल नेतृत्वसँग रहेकाे २० बुँदे असहमतिका बुँदाबारे स्पष्ट पार्नुभएको थियो । महासंघमा पछिल्लाे समय नेतृत्वकाे विषयमा विवाद बढ्दै गएकाे र संस्थामा देखिएकाे समस्या समाधानप्रति पटक पटक ध्यानाकर्षण गराउँदा समेत मुल नेतृत्व संस्था सुधारकाे विषयमा गम्भिर नदेखिएकाले राजीनामा दिन बाध्य भएकाे कुरा उहाँले स्पस्ट पार्नुभयाे । उहाँले बिषयवस्तु प्रवेश गर्दै राष्ट्रिय एकतासहितकाे नैतिक समर्थन प्राप्त सञ्जाल निर्माणकाे खाँचो रहेको बताउनु भयो ।
भेलामा सहभागीलाई स्वागत गर्दै पास्टर चन्द्रमान नेपालीले महासंघकाे वर्तमान नेतृत्वप्रति सम्पूर्ण सचिवालय नै असन्तुष्ट रहेकाे अवस्थामा नेतृत्वले छलफलमा ल्याइएकाे ध्यानाकर्षण पत्रकाे वेवास्ता गरेकाे बताउनु भयो । महासंघमा सुधार ल्याउन प्रयास गर्दा नेतृत्वले उल्टाे पदाधिकारी निलम्बन र कारबाहीमा उत्रने मनसाय देखाएपछि सम्झाैता गरेर महासंघमा बसिरहन नैतिकताले नदिएकाे भन्दै महासंघबाट राजीनामा दिनुपरेकाे बताउनुभयाे ।
भेलामा नेपाल राष्ट्रिय मण्डली संगति (एनसिएफएन), नेपाल ख्रीष्टियन समाज (एनसिएस),नेपाल बप्तिस मण्डली परिषद्, एसेम्बलिज अफ गड नेपाल, विभिन्न सम्प्रदायका प्रतिनिधि लगायत उपत्यकाका शिर्षस्थ पास्टर अगुवाहरूकाे सहभागिता थियाे । सो भेलामा बरिस्ठ पास्टर डा. मंगलमान महर्जनले परमेश्वरको वचनबाट बोल्नुहुदैँ हामीले जे गर्दा पनि परमेश्वरको इच्छालाई खोज्दै समुदायको हितमा काम गर्नु पर्ने प्रस्ट्याउनु भयो । अन्य बाेल्ने वक्ताहरूले ख्रीष्टियन समुदायकाे एकताकाे पक्षमा मिश्रित धारणा राख्नु भएको थियो । आफ्नो धारणा राख्दै एनसिएफ नेपालका अध्यक्ष रेभ.पास्टर सूर्य बल तामाङ(हनाेक)ले नयाँ नेपाल निर्माणमा ख्रीष्टियन सुझाव समितिकाे जगमा त्यतिबेला गठन भएकाे महासंघ शुरू हुन जरूरी थिएन । काे ठूलाे बन्ने लहडले ख्रीष्टियन समुदायमा एकता हुन सकेन । अहिलेकाे अावश्यकता भनेकाे ख्रीष्टियन समुदायकाे नैतिक समर्थन प्राप्त एकिकृत अावाज हाे साथै ख्रीष्टियन समुदायविरूद्धकाे अाक्रमण राेक्न एकताकाे विकल्प छैन भन्नु हुदैँ विश्वमान चित्रकाे एकता र मेलमिलापकाे घटनालाई विचार गरेर अघि बढ्न भेला अायाेजकलाई उहाँले अाग्रह गर्नुभयो ।
त्यसैगरी नेपाल ख्रीष्टियन समाजका अध्यक्ष पास्टर वर्णवास श्रेष्ठले नयाँ संस्था जन्माउनु मण्डलीकाे लागि धाेका हुने कुरा गर्दै हामीले गर्ने कामबाट परमेश्वरकाे महिमा हुनु जरूरी छ भन्नुभयो । नेपालका सबै मण्डलीकाे भलाइ हुन्छ कि हुँदैन विचार गरेर मण्डलीकाे सहयाेगी बनेर अघि बढ्नुपर्छ । एकले अर्काेलाई श्रेष्ठ ठान्ने र जीउने अाधार वचन हुनुपर्छ तब मात्र साँचाे एकता हुन्छ भन्नु हुदैँ नामकाे कारण विभाजन भइरहेकाे छ भने नाम र अस्तित्व मेट्न तयार हुनुपर्छ । यहाँ जुँगाकाे लडाई अावश्यक छैन भनेर भन्नुभयो । अर्का बक्ता नेपाल बप्तिस मण्डली परिषद्का महासचिव पास्टर विजय थापाले परमेश्वरकाे वचनलाई सिराेपर गरेर अघि बढ्ने इमान्दार र पारदर्शी नेतृत्वकाे खाँचाे छ । देशका अन्य क्षेत्रहरूमा ख्रीष्टियनबिच एकता भएपनि मुख्य राजधानीमै एकता छैन भन्नु हुदैँ येशू सेवा लिन हाेइन तर सेवा दिन अाउनुभएकाे थियाे, त्याे मुल शिक्षा विपरित हामी ठीक उल्टाे बाटाे हिँड्न मिल्दैन भन्नुभयो ।
अायाेजकका तर्फबाट पास्टर राजु सुन्दासले आफ्नो धारणा राख्दै एकताकाे उदहारण सर्वाेत्कृष्ट नमुना, त्रिएक परमेश्वर र बाबेलकाे धराहरा हो भन्नु हुदैँ मानिस एक भयाे भने सबै गर्न सक्छ तर परमेश्वरले त्याे एकता चाहनुभएन भने विभाजन गर्न सक्नुहुन्छ । अाफ्नाे पहिचान बनाउन चाहने र अाफैमा रमाउन चाहनेबाट परमेश्वर प्रसन्न बन्नुहुन्न । एकता, एकता भनेर मात्र हुँदैन, एकता के काे लागि र त्यसकाे उदेश्य के हाे भनि त्याे स्पस्ट हुनुपर्छ । सर्वप्रथम, एकतामा परमेश्वर खुशी हुनुपर्छ । निर्माण गर्ने काम परमेश्वरले नै गर्नुहुन्छ भन्नुहुदैँ आफूहरू परमेश्वरले अगुवाई गर्नुभए बमोजिम अघि बढ्न कठिबद्ध रहेको कुरा प्रस्ट्याउनु भएको थियो ।
एनसिएस नेपालका महासचिव पास्टर डिल्लीराम पाैडेलले एकताकाे नाममा ख्रीष्टियन समुदायले पटक पटक ठूलाे गल्ती गरेकाेले यस भेलाले अर्काे संस्था नजन्माअाेस् भनि शुभेच्छा दिनुभएको थियो । एसेम्बलिज अफ गड नेपालबाट पास्टर मुकुन्द शर्माले पनि आफ्नो धारणा राख्नुभएको थियो ।
भेलाका संयाेजक पास्टर शामुएल साेदेम्बाले भेला लामाे प्रार्थना र छलफलपछि मात्र अायाेजना गरिएकाे बताउनुभयाे । उहाँले यो भेला महासंघकाे विरूद्ध नभई समुदायलाई राजीनामा दिनुकाे कारण र सत्य तथ्य बताउन बाेलाइएकाे स्पस्ट पार्नुभयाे । अन्तिम प्रार्थना पास्टर अब्दियल मुखियाले गर्नु भएको भेलाको सञ्चालन पास्टर पदमनाथ पराजुलीले गर्नुभएकाे थियाे ।
सामुहिक राजिनामा दिनुपर्ने कारण (भेलामा सार्वजनिक गरिएकाे ध्यानाकर्षण पत्रमा उल्लेखित बुँदाहरू)
१. महासंघको आर्थिक तथा भौतिक लेखा सहि नभएको ।
२. महासंघको नाममा गैर इसाईलाई विदेश भ्रमणको सिफारिस गरेको ।
३. संस्थाको महत्वपूर्ण दस्तावेज तथा कागजाजहरू गैर इसाई व्यक्तिहरूसँग रहेको ।
४. नेतृत्वले आफु खूशी इसाई समुदायको मर्ममा चोट पुग्ने अभिव्यक्तिहरू व्यक्त गरेको ।
५. पत्रकार सम्मेलन मार्फत संस्थालाई प्रतिकुल असर पर्ने अस्वस्थ काम र संचार भएको ।
६. नेतृत्वबाट संस्थामा गलत संचार गरिएको र व्यक्तिगत विदेश भ्रमणमा महासंघको कार्यक्रमहरू गरेको ।
७. संस्थाको नेतृत्वमा नैतिक र आर्थिक पक्ष अस्वस्थ अवस्थाको विकास क्रमिकरुपमा भईरहेको ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४