२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

एनसिएफ नेपालको ३ दिने राष्ट्रिय युवा सम्मेलन शुरु

चितवन /२०७५ मङ्सिर ५ गते । नेपाल राष्ट्रिय मण्डली संगती केन्द्रिय युवा समितिको आयोजनामा ३ दिने राष्ट्रिय युवा सम्मेलन हिजो मंगलबारबाट चितवनको भरतपुरमा शुरु भएको छ । नेपाल राष्ट्रिय मण्डली संगती केन्द्रिय युवा समितिको ऐतिहासिक सम्मेलन युवा समितिका अध्यक्ष लाजरस तामाङको अध्यक्षतामा एन.सि.एफ.नेपालका अध्यक्ष रेभ पा. सुर्य बहादुर बल तामाङ (हनोक)को प्रमुख आतिथ्यतामा सुरू भएको हो ।

सो युवा सम्मेलनको उद्घाटन गर्दै प्रमुख अथिति एन.सि.एफ.नेपालका अध्यक्ष रेभ पा. सुर्य बहादुर बल तामाङ (हनोक)ले युवा शक्तिलाई सही समय र सही ठाउँमा सही तरिकाले सहि शिक्षा दिनु पर्ने बेला आएको कुरा बताउनु भयो । मण्डलीका युवाहरूमा जागृतिको आवश्यकता रहेको कुरामा जोड दिदै छरिएर रहेका युवाहरू अब एक भएर अगाडि बढ्नु पर्नेछ भनेर बताउनुभयो । ३ दिनसम्म संचालन हुने युवा सम्मेलनमा मुख्य विषय “kingdom minded youth” रहेको छ । त्यस युवा सम्मेलनमा नेपालको सातवटै प्रदेशबाट करिब ३५० जना युवाहरूको उपस्थिति रहेको जनाइएको छ । भोलिसम्म चल्ने सो तीन दिने सम्मेलनमा परमेश्वरको प्रभावका बारेमा सिक्नुका साथै युवाहरूले आफ्ना विभिन्न प्रतिभाहरू समेत प्रस्तुत गर्ने कार्यक्रम रहेको बताइएको छ ।

सो कार्यक्रममा विशिष्ट अतिथि एन.सि.एफ. नेपालका सचिव तथा सुन्दर नेपाल सरसफाई अभियानका राष्ट्रिय निर्देशक पास्टर बिर बहादुर तामाङ, महासचिव शेर एसी. केन्द्रिय युवा समितिका सदस्यहरू र सातै प्रदेशका विभिन्न मण्डलीहरूबाट सहभागी हुन आएका युवाहरूको सहभागिता रहेको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...