२०८३ साउन ६, बुधबार
2026 July 21, Tuesday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

नेकोनको प्रदेश नं. ३ स्तरीय भेला सम्पन्न, बनिता डंगोलको नेतृत्वमा नयाँ प्रादेशिक समिति गठन

जगदीश पोखरेल । Network of Christian Organizations in Nepal (NeCON) को प्रदेश नं. ३ स्तरीय भेला हालै सम्पन्न भएको छ । नोभेम्बर १६, २०१८, तदानुसार कार्तिक ३०, २०७५ का दिन ललितपुरको ताल्छिखेलमा अवस्थित नेहेम्याह इन्स्टीट्युटको हलमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय मण्डली संगति नेपाल (NCFN) का महासचिव पास्टर शेर एसीले उत्साहको वचन बाँड्नुभएको थियो । त्यसपछि नेकोन राष्ट्रिय समिति सदस्य श्री दीपकराज राईले भेलामा सहभागीहरूलाई स्वागत गर्नुका साथै भेलाको उद्देश्यबारे प्रष्ट पार्नुभयो ।

यसका साथै श्री थिर केसीले सहभागीहरूलाई समूह बनाएर संस्थाहरूले भोगेका समस्याहरू र नेकोनबाट संस्थाहरूले गरेको अपेक्षाका बारेमा धारणा र सुझावहरू बुझ्ने काममा अगुवाइ गर्नुभएको थियो । साथै, नेकोन राष्ट्रिय समितिका संयोजक डा. कृष्णमान शाक्यले नेकोनको दर्शन, लक्ष्य, मूल्यमान्यताजस्ता कुराहरूमाथि प्रकाश पार्नुका साथै उठेका प्रश्नहरूका बारेमा जवाफ दिनुभएको थियो ।

यसरी निकै प्रभावकारीरूपमा सम्पन्न भएको प्रदेश नं. ३ स्तरीय भेलाले बनिता डंगोलको नेतृत्वमा ९ सदस्यीय प्रादेशिक तदर्थ समिति गठन गरेको छ ।

डंगोलको संयोजकत्व रहने गरी गठन भएको समितिमा विदुर अधिकारी – उपसंयोजक, मेनुका थुलुङ – सचिव, सिलास तामाङ – कोषाध्यक्ष तथा सदस्यहरूमा शान्ति पाण्डे, यज्ञ सिंह, रबिन्द्र दास, वीरबहादुर स्याङ्तान र पासाङ घिसिङ हुनुहुन्छ । पास्टर टंक सुवेदीले नवनिर्वाचित समितिलाई बधाइ दिंदै उहाँहरूको सफल तथा प्रभावकारी कार्यकालका निम्ति परमेश्वरसँग प्रार्थना गरेपछि उक्त कार्यक्रम समापन भएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...