२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

लेखक कमल अधिकारीको चाैथाे पुस्तक ‘येशू काे हुनुहुन्छ ?’ विमोचन

२०७५ असोज ६ गते, काठमाडौँ । लेखक कमल अधिकारीद्वारा लिखित चाैथाे पुस्तक ‘येशू काे हुनुहुन्छ ?’ भन्ने पुस्तक आज शनिबार ललितपुरको एकान्तकुनास्थित क्वालिटी फुडल्यान्ड रेस्टुरेन्टमा डा. महेन्द्र भट्टराई, पा. रेभ. गाेपाल रेग्मी, पा. डिल्ली राम पाैडेल र बाइबल सोसाईटीका सिइओ तेज जिरेलले सामुहिक रुपमा उक्त पुस्तक विमाेचन गर्नु भएको थियो ।

सो पुस्तक विमोचन कार्यक्रममा राजन पौडेलले पुस्तकको बिषयबस्तुमाथि प्रकाश पार्नुभएको थियो भने डा. महेन्द्र भट्टराई, पा. तेज जिरेल, रेभ. गोपाल रेग्मीले आफ्नो मन्तब्य राख्नुभएको थियो । भुवन देवकोटा काम बिशेषले काठमाडौँ बाहिर हुनुभएकोले यस पुस्तकमा भएको भाषा तथा साहित्यका सम्बन्धमा अडियो सुनाइएको थियो । प्रकाशकको तर्फबाट सामदान प्रकाशनका केशव मैनालीले र यसै पुस्तकका लेखक कमल अधिकारीले पनि आफ्नो धारणा राख्नुभएको थियो ।

स्मरण रहोस्, यो येशू ख्रीष्टको बारेमा लेखिएको पुस्तक हो । यो पुस्तकले येशूको सुसमाचारीय तस्बिरको पक्षमा बाइबलीय, ऐतिहासिक, पुरातात्त्विक, दार्शनिक र वैज्ञानिक साक्षीलाई प्रस्तुत गरेको छ । बिसवटा पाठमा विभाजित यो पुस्तकले खास गरी येशूको जीवनका कठिन पक्षहरूलाई सम्बोधन गरेको छ । लेखकले ५० ओटाभन्दा बेसी स्रोतको प्रयोग गरी पाँच वर्षभन्दा बेसी समयावधिमा यस कृतिलाई आफूले तयार पारेको कुरा बताउनु भएको थियो । १५० पृष्ठ भएको यो पुस्तकको वास्तविक मूल्य रु. १३० भएतापनि आजको मितिदेखि एक महिनाभित्रमा विशेष छुटसहित यसको मुल्य रु. १०० मात्र रहने जानकारी पनि गराइएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...