२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

संविधान दिवसका दिन महासंघले प्रार्थना सभा गर्ने

२२ भाद्र २०७५ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको केन्द्रिय समिति तथा सल्लाहकार समेतको संयुक्त बैठक अध्यक्ष सि.वि. गहतराजको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा महासंघको आन्तरिक व्यवस्थापन र वर्तमान परिस्थिति र संविधान घोषणा भएको तेस्रो वर्ष असोज ३ गतेका दिन संविधान दिवसको उपलक्ष्यमा एक प्रार्थना सभाको आयोजना गर्ने बारे निर्णय भएको छ ।

सल्लाहकार रेभ. जगत प्रधान, रेभ. एलिया प्रधान र वरिष्ठ सहअध्यक्ष डा. फिलेमोन क्षेत्री, सहअध्यक्ष डा. सरिता थापा, रिता काबो, तेजमान तामाङ्ग, उपाध्यक्ष रेभ. बाबुराम हिंगमांग, डोमा राई, अन्न पेडन, सचिव उद्धव चिमोरिया लगायत सबैले आ-आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो । सो बैठकको संचालन र आराधनामा सह सचिव सुनिल तामाङ्गले अगुवाइ गर्नुभएको थियो । संविधान घोषणा भएको तेस्रो वर्ष असोज ३ गते बिहान ११ बजे राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा प्रार्थना सभाको आयोजना गर्ने र सो प्रार्थना सभामा सबैलाई सहभागिताको लागि अनुरोध गर्ने साथै सातैं वटा प्रदेशमा प्रादेशिक तथा जिल्लास्तरीय प्रार्थना सभा आयोजना गर्नुहुन पनि सबैमा अनुरोध गर्ने निर्णय गरेको छ । सो केन्द्रिय समिति तथा सल्लाहकार बैठकमा अध्यक्ष गहतराजले आफ्नो भनाई राख्दै बैठकलाई समापन गर्नुभएको थियो ।

स्मरण रहोस् केहि दिन पहिले महासंघका १४ जना पदाधिकारीहरूले राजीनामा दिएका थिए । यस बैठकमा सो राजीनामाका सम्बन्धमा के निर्णय भयो भन्ने बारे महासंघले केहि जानकारी गराएको छैन ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...