२०७५ भदौ १३ गते, काठमाडौं । यही भदौदेखि लागू भएको मुलुकी अपराध संहिता २०७४ ले अल्पसंख्यक ख्रीष्टियन समुदायलाई असर पार्ने भन्दै ख्रीष्टियन समुदायका अगुवाहरूले कानुन मन्त्री भानुभक्त ढकाललाई भेटी सरकारको ध्यानाकर्षण गरेका छन् ।
आज बुधवार अपराह्न नेपाल ख्रीष्ट्रियन समाज (एनसिएस) र नेपाल राष्ट्रिय मण्डली संगति (एनसीएफ)का पदाधिकारीहरूले सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकाललाई भेटी ख्रीष्टियन समुदायको तर्फबाट प्रतिनिधित्व गर्दै संयुक्त रुपमा ध्यानाकर्षण गराएका हुन् । उक्त अवसरमा भदौदेखि लागू भएको अपराध संहिता २०७४, परिच्छेद ९ को धर्म सम्बन्धी कसूरमा उल्लेख भएका दफाहरू संशोधन गर्न माग गरेका छन् ।
आज सिंहदरबारस्थित मन्त्री ढकालको कार्यकक्षमा पुगी एनसिएस नेपाल र एनसिएफ नेपालको तर्फबाट एनसिएफ नेपालका अध्यक्ष रेभ सूर्यबहादुर (हनोक) बल तामाङले मन्त्री ढकाललाई संयुक्त ध्यानाकषर्ण पत्र हस्तान्तरण गर्नुभयो । त्यसैगरि एनसिएस नेपालका अध्यक्ष पास्टर वर्णवास श्रेष्ठ, सचिव मुकुन्द शर्मा एनसिएफ नेपालका महासचिव शेरबहादुर एसी, रेभ हर्क खड्का, पास्टर विश्व देव खड्का, पास्टर पावल वस्नेत लगायतले मन्त्री ढकाललाई खादा ओढाएर पुष्पगुच्छा प्रदान गरी सफल कार्यकालको कामना गर्नुभयो । सोही अवसरमा मन्त्री ढकालको कार्यकक्षमा प्रदेश नं.३ का मुख्य मन्त्री डोमरणी पौडेलसँग पनि ख्रीष्टियन अगुवाहरूको भेट भएको थियो ।
कानून मन्त्री ढकालले एनसिएस नेपाल र एनसिएफ नेपालको तर्फबाट ध्यानाकषर्ण पत्र ग्रहण गरेपछि त्यसबारे अध्ययन गरेर ख्रीष्टियन अगुवाहरूलाई जानकारी दिने प्रतिक्रिया दिनुभयो ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४