२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

एन.सी.एफ.का नवनियुक्त महासचिवद्वारा पदभार ग्रहण

भदौ १०, २०७५, ललितपुर । एन.सि.एफ नेपालले आफ्नै केन्द्रिय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी नवनियुक्त महासचिव एल्डर सेर ए.सी.लाई भव्य स्वागत गर्दै निवर्तामान उपमहासचिव डा. कर्णबहादुर तामाङलाई विशेष धन्यवाद दिदै विदाई गरेको छ ।

उपाध्यक्ष रेभ. बी.बी कार्कीले शुरुको प्रार्थना गर्नुभएपछि औपचारिक रुपमा अगाडी बढेको सो कार्यक्रममा स्वागत तथा विदाई कार्यक्रमलाई सम्वोधन गर्दै एन.सि.एफ. नेपालका अध्यक्ष रेभ. सुर्य बहादुर बल तामाङले एनसिएफ नेपालमा लामो समयदेखि रिक्त रहेको महासचिव पदमा सम्पूर्ण प्रकृया अवलम्वन गर्दै नयाँ महासचिव नियुक्त गर्न पाएकोमा खुसी व्यक्त गर्नु भएको थियो भने निवर्तमान उपमहासविच डा. के.बि. तामाङलाई धन्यवाद दिदै एन.सि.एफ. नेपालमा विगत तीन वर्षदेखि का.मु. तथा उपमहासचिवको रुपमा सेवा गर्नुभई संस्थालाई पुर्याउनु भएको योगदानको सम्मान गर्दै संस्थाको तर्फबाट कदरपत्र प्रदान गर्नुभएको थियो । लगतै नवनियक्त महासचिवलाई स्वागत गर्दै नियुक्ति पत्र प्रदान गर्नुभएको थियो । नवनियुक्त महासचिव एल्डर शेर ए.सी.ले नियुक्ति पत्र ग्रहण गर्दै आफ्नो सम्बोधनमा आफु भन्दा ६ वर्ष जेठो संस्थामा कार्यकारी महासचिव भएर धेरै पुराना अग्रज पास्टर–गुरुजनहरूसँग मिलेर सेवा गर्ने अवसर पाएको र आफुलाई सवै मिलेर भव्यरुपमा स्वागत गर्नुभएकोमा आभार प्रकट गर्नुभएको थियो । धेरै अग्रज तथा सहपाटी मित्रहरूले यस संस्थालाई माथि उकास्न आफुमाथि ठूलो भरोसा र आशा राख्नुभएकोले प्रार्थनासहित केही नयाँ सोच र उद्देश्यका साथ यो जिम्मेवारी लिन आएको कुरा बताउनु भएको थियो । आफ्नो आगामी कार्य योजना बाड्ने क्रममा मण्डली भ्रमण र उत्साह प्रदान, सेवकाइका विभागहरूको सही व्यवस्थापन, विभागीय समिति गठनमा सहायता – युवा तथा दिदीबहिनी, मासिक प्रार्थना बुलेटिन प्रकाशन, सहकार्य तथा एकताका लागि पहल, मण्डलीको संवैधानिक हकका लागि पैरेवी, मण्डली समुदाय सँगसंगै प्रक्रियाको प्रयोग सुसमाचारका नयाँ तरिका र प्रयोगहरूको खोजी गर्नु आफ्नो प्राथमिकता रहेको कुरा राख्नु भएको थियो ।

कार्यक्रममा उपस्थित विभिन्न मण्डली संघ संस्थाका प्रतिनिधिहरुले नवनियुक्त महासचिवलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिनुभएको थियो । बधाई तथा सफल कार्यकालको लागि शुभकामना मन्तब्य राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.बि. गहतराज, नेपाल ख्रीष्टियन समाजका अध्यक्ष पास्टर कृष्णबहादुर श्रेष्ठ ‘बर्णबास’ र नेपाल बप्तिस चर्च काउन्सिलका अध्यक्ष के.पी. त्रिपाठीले राख्नु भएको थियो । त्यस्तैगरी मन्तव्य दिने क्रममा निवर्तमान उपमहासचिव डा. कर्ण बहादुर तामाङले आफ्नो कार्यकालभर सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्दै संस्थाको लागि सहि समयमा सहि व्यक्ति प्राप्त भएको भन्दै नवनियुक्त महासचिवलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

कार्यक्रमलाई एनसिएफ नेपालका कार्यसमितिका सहसचिव रेभ.पा. हिमाल राईले संचालन गर्नुभएको थियो । सो कार्यक्रममा डाक्टर सिमोन पाण्डेले बाइबल धर्मशास्त्रबाट परमेश्वरको वचनद्वारा सिकाउनु भएको थियो । नवनियुक्त महासचिवको स्वागत समारोह समापनपछि आफ्नो कार्यकक्षमा गई पदभार ग्रहण गर्दै मण्डली सदस्यताको प्रमाणपत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...