२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

भदौ १ देखि लागू भएको फौजदारी ऐन संशोधन गर्न महासंघको माग

२०७५ भाद्र १ गते । काठमाडौंको भृकुटी मण्डपस्थित रिपोर्टस् क्लबमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आयोजना गरेको “फौजदारी ऐन तथा धार्मिक स्वतन्त्रताको प्रश्न विषयक” एक अन्तक्रिया कार्यक्रममा आजैबाट लागू हुने मुलुकी अपराध संहिता ऐन संशोधन गर्नु पर्ने विज्ञहरूले बताएका छन् । त्यसैगरी राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले भने यस प्रावधानलाई तुरुन्तै संशोधन गर्न माग गरेको छ ।

सो अन्तरक्रिया कार्यक्रममा बुद्धिजिवी मुस्लिम संघका अध्यक्ष इजाहार मिकारानीले आजबाट लागू भएको विध्येयक अल्पसंख्यक धार्मिक समुदायको विपरित भएकोले यसलाई सच्याउनु पर्नेमा जोड दिनुभयो भने अर्का वक्ता संविधानविद् अधिवक्ता गोविन्द बन्दीले यस विध्येयकमा कतिपय प्रावधानहरू राम्रा भएपनि अल्पसंख्यक धार्मिक समुदाय, पत्रकार, चिकित्सक लगायतका हितमा नभएकोले यसलाई परिमार्जन गर्नु पर्ने देखिएको कुरा बताउनुभयो । अझ उहाँले धारा १५८ को १ मा रहेको “कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिनु हुँदैन” भन्ने प्रावधानले अल्पसंख्यक धार्मिक समुदायलाई नियन्त्रण गर्न र यसले अन्यौल सृजना गरेकोले यसलाई संशोधन गर्नु पर्ने कुरामा जोड दिनुभयो । अर्का वक्ता संविधानविद् तथा मानव अधिकारकर्मी अधिवक्ता दिनेश त्रिपाठीले पनि आफ्नो धारणा राख्दै यसमा भएका प्रावधानहरू राम्रा र नराम्रा दुबै भएकोले यो जब प्राक्टिसमा जान्छ, तब अल्पसंख्यक नेपाली जनताका हितमा नदेखिएका व्यवस्थालाई संशोधनको प्रक्रिया मार्फत सच्याउनु पर्ने कुरामा जोड दिनुभयो । अर्का वक्ता रेभ. इशुजंग कार्कीले पनि आफ्नो धारणा राख्ने क्रममा उहाँले यो ऐन अल्पसंख्यक धार्मिक समुदायको हितमा नरहेको यो प्रावधानले नेपालको संविधानले सुनिश्चित गरेको धर्मनिरपेक्षता र धार्मिक स्वतन्त्रताको धज्जी उडाएकोले यसलाई संशोधन नै गर्नु पर्ने कुरामा जोड दिनुभयो ।

सो अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.वि. गहतराजले आजैबाट लागू भएको फौजदारी ऐनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय ऐनको भावना विपरित यो संहिता आएकोले यसलाई संशोधन गर्न माग गर्नुभयो । यस ऐनमा धर्म परिवर्तन गर्ने र गराउनेलाई जुन दण्ड सजायको व्यवस्था गरिएको छ, त्यसप्रति महासंघको मात्र नभई सिंगो ख्रीष्टियन समुदायको असहमति रहेकोले त्यसलाई तुरुन्त सच्याउनु पर्ने माग गर्नुभयो । आजबाट लागू भएको फौजदारी ऐन प्रतिशोधको हिसाबले र कुनै समुदायलाई नियन्त्रण गर्न बनाइएकाले तत्काल संशोधन गर्नु पर्ने कुरामा उहाँको जोड थियो । उहाँले आफूले इच्छा गरेको धर्म मान्न पाउनु पर्ने नैसर्गिक अधिकारलाई कसैले हनन गर्न नपाइने भन्दै नेपाल सरकारलाई गैरन्यायिक विधेयकका प्रावधान हटाउन आग्रह समेत गर्नुभएको थियो ।

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका वरिष्ठ सहअध्यक्ष डा. फिलेमोन क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको त्यस अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष रेभ. पास्टर त्रिरत्न आदम तुलाधरले शुरुको प्रार्थना गरी शुरु भएको थियो । अर्का उपाध्यक्ष तथा महिला विभाग प्रमुख डोमा राईले त्यस अन्तरक्रिया कार्यक्रममा सहभागी सबैलाई स्वागत गर्नुभएको थियो । महासंघका सचिव पास्टर उद्धव चिमौरियाले सञ्चालन गर्नुभएको सो कार्यक्रमको अन्तमा अध्यक्षता गर्नुभएका वरिष्ठ सहअध्यक्ष डा. फिलेमोन क्षेत्रीले सहभागी सबैलाई धन्यवाद दिनुभई अन्तिम प्रार्थना गरी सो अन्तरक्रिया कार्यक्रम समापन गर्नुभएको थियो ।

सो अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री, गृहमन्त्री, कानुनमन्त्री, राष्ट्रिय मानव अधिकार आयोग लगायतका सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाउँदै त्यस फौजदारी ऐनमा भएका कतिपय प्रावधानलाई संशोधन गराउनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने कार्यक्रम आगामी दिनमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले गर्ने जानकारी समेत राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.वि. गहतराजले त्यस कार्यक्रममा गराउनुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...