२०८२ फाल्गुन २३, शनिबार
2026 March 7, Saturday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

रबि लामिछानेसँग अन्तर्क्रिया सम्पन्न

दिनेश श्रेष्ठ, काठमाडौँ । पास्टर सागर बैजुको नेतृत्वमा आज बुधबारका दिन ख्रीष्टियन पत्रकार सहितको एक प्रतिनिधिमण्डलले पछिल्लो समय गत शनिबार न्युज २४ टेलिभिजनमा प्रसारित कार्यक्रम “सिधा कुरा जनतासँग” मा उठेका विषयहरूमाथि रबि लामिछानेसँग भेटघाट गरी सौहार्दपूर्ण रुपमा एक अन्तर्क्रिया गरेको छ । प्रतिनिधिमण्डलमा पास्टर बैजुका साथै पास्टर उदयराज भाट, पास्टर राजु सुन्दास, शालोमी भट्ट, कुमारसिंह विष्ट, विश्वास थापा, जगदिश पोखरेल र दिनेश श्रेष्ठ सहभागी थिए ।

भेटघाटका क्रममा लामिछानेले त्यस कार्यक्रममा आफूले प्रसारण गरेको सामाग्रीले नेपाली ख्रीष्टियन समुदायलाई चोट पुगेकोमा क्षमा माग्दै आफ्नो मनशाय ख्रीष्टियन धर्म र यसका अनुयायीहरूलाई आरोप लगाउनु वा उनीहरूको आस्थामा ठेस पुर्याउनु नरहेको बताएका थिए । आगामी दिनमा पनि यसरी नै अन्तरक्रिया गर्न आफू सदैब तयार रहेको बताएको थिए ।

स्मरणरहोस् गत शनिबारका दिन न्युज २४ टेलिभिजनमा प्रसारित “सिधा कुरा जनतासँग” कार्यक्रममा रबि लामिछानेले कोटेश्वरस्थित गुड सेफर्ड स्कूलले ख्रीष्टियन धर्म प्रचार गरेको सम्बन्धी सामाग्री प्रसारण गरेका थिए । जुन सामाग्रीलाई लिएर सामाजिक सन्जालमा चर्को बिरोध भएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...