२०८३ साउन ६, बुधबार
2026 July 21, Tuesday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

एन.सि.एफ. नेपालको प्रदेश नम्बर ३ को सम्मेलन सम्पन

गत जेष्ठ ३० देखि असार १ गते तदानुसार जुन १३ देखि १५ तारिखसम्म सानेपास्थित आराधना मण्डलीमा ३ दिने आत्मिक सम्मेलन सम्पन्न भएको छ । नेपालका विभिन्न ठाउँबाट २०० जना भन्दा वढी पास्टर तथा अगुवाहरूको सहभागिता रहेको सो सम्मेलन नेपाल राष्ट्रिय मण्डली संगतिको प्रदेश नम्बर ३ ले आयोजना गरेको थियो ।

मेरा प्रजा ज्ञानको कमीले नष्ट भएका छन् भन्ने शीर्षक रहेको सो सम्मेलनमा मुख्य वक्ता पा. सोनाम टि. काबो र श्रीमती रीता काबोले यस विषयमा परमेश्वरको वचनबाट सिकाउनु भएको थियो । यस्तै पा. ज्ञान लामा, पा. टेक दाहाल, पा. वीर बहादुर कार्की, पा. वीर बहादुर तामाङ, पा. पदमनाथ पराजुली, पा. विश्वदेव खड्का साथै सो संस्थाका केन्द्रिय अध्यक्ष पा. हनोक तामाङले सोही शीर्षकमा रहेर परमेश्वरको वचन बाड्नु भएको थियो । एन.सि.एफ. नेपालका अध्यक्ष पा. हनोक तामाङले ठूलो मुटु बोकेर एन.सि.एफ. नेपाल हिडेको बताउनु हुदैँ ६ दशकको इतिहास बोकेको यस संस्थाले फरक प्रकारले कार्य गर्ने बताउनु भएको थियो ।

सो कार्यक्रमको संयोजन प्रदेश नम्बर ३ का अध्यक्ष पाष्टर तारासिंह गुरुङले गर्नुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...