२०८३ भदौ २०, शनिबार
2026 September 5, Saturday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

अनन्तको निम्ति लगानी नामक पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न

गत मिति २०७५ असार २ गतेका दिन नेपाली ख्रीष्टियन समुदायका सुपरिचित लेखक पास्टर लाजरस थुलुङद्वारा लिखित १९ औं पुस्तक अनन्तका निम्ति लगानी नामक पुस्तकको लोकार्पण कार्यक्रम ज्योति ग्रेट कमिसन फेलोसिपको हलमा सम्पन्न भएको छ । सो पुस्तक लोकापर्ण कार्यक्रममा डा. महेन्द्र भट्टराई, पास्टर भिक्टोर मोक्तान, पास्टर चेत बहादुर खरेल, पास्टर जुनजुन, गायिका सलोमी तिमोथी र लेखककी दिदीको सामुहिक बाहुलीबाट लोकार्पण गरियो ।

पास्टर राजु सुन्दासले शुरुको प्रार्थना गरी शुरु गरिएको सो लोकापर्ण कार्यक्रममा डाक्टर महेन्द्र भट्टराई र हेटौंडाका रुवेन राईले हालै लोकापर्ण गरिएको पुस्तक अनन्तको निम्ति लगानीका बारेमा आफ्नो दृष्टिकोण राख्नुभएको थियो भने लेखक पास्टर लाजरस थुलुङले यो पुस्तक लेख्न कसरी प्रेरणा प्राप्त गर्नु भयो भन्ने बारेमा प्रकाश पार्नु हुँदै आजको नेपाली मण्डलीलाई डोनर होइन तर दिने चेला निर्माण गर्नु पर्ने खाँचो औल्याउनुभयो ।

काठमाडौंको विभिन्न भागबाट आउनुभएका पास्टर तथा पुस्तक प्रेमीहरूको बाक्लो सहभागिता रहेको सो कार्यक्रमको अन्तमा पास्टर जोन पुनार्लुले अन्तिम प्रार्थना गरी समापन गरिएको थियो भने कार्यक्रमको सञ्चालन असन राईले गर्नुभएको थियो । यस पुस्तकको लोकार्पण भएसंगै बजारमा उपलव्ध रहेको जानकारी दिईएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...