२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

प्रदेश नं.५ को ख्रीष्टियन युवा सम्मेलन दाङमा सुरु

नेपाल ख्रीष्टियन समाजद्वारा सञ्चालित युवा विभागले ७ वटै प्रदेशमा आयोजना गर्दै आएको युवा सम्मेलन दाङमा हिजोदेखि सुरु भएको छ ।

दाङको अनन्तझरी चर्चमा सुरु भएको सम्मेलनमा प्रदेश नं. ५ का सबै जिल्लाहरुबाट प्रतिनिधित्व हुनेगरी युवाहरुको सहभागिता रहेको छ । तीन दिनसम्म चल्ने सम्मेलन उद्घाटन गर्दै नेपाल ख्रीष्टिय समाजका महासचिव डिल्लीराम पौडेलले ख्रीष्टिय समाजले देशमा भएका सबै मण्डलीहरुलाई समेटेर प्रभुको काम गर्ने बताउनुभएको थियो । त्यसैगरी नेपाल ख्रीष्टिय समाज युवा विभागका अध्यक्ष मदन शाहले अब आउने दिनहरुमा ख्रीष्टियन युवाहरुले आफ्नो चरित्रद्धारा येशू ख्रीष्टिको सु–समाचार झल्काउने काम गर्दै समाजलाई प्रभाव पार्नु पर्ने कुरामा जोड दिनुभयो । उहाँले रुपान्तरीत युवा सुशजित मण्डली प्रगतिशील राष्ट्र भन्ने मुख्य विषयलाई जोड दिंदै सबै ख्रीष्टियन युवाहरुले आ–आफ्नो ठाउँबाट राष्ट्र निर्माणमा टेवा दिने काम गर्ने बेला आएको छ भनेर बताउनु भएको थियो ।

तीन दिनसम्म चल्ने युवा सम्मेलनमा देशको प्रस्थिति र अहिलेको नितीनियमबारे जानकारी, कसरी छोटो समयमा सु–समाचार सुनाउँन सकिन्छ रु प्राकृतिक प्रकोपमा परेकाहरुको उद्धार गर्न ख्रीष्टियन युवाहरु कसरी एक भएर सहयोग गर्ने लगायतका कुराहरु सिकाइनेछ कुरा बताइएको छ । सम्मेलनमा नेपाल ख्रीष्टिय समाजका सचिव मुकुन्द शर्मा, नेपाल ख्रीष्टिय समाजका प्रदेश नं. ५ प्रमुख चित्रबहादुर गुरुङ लगायतले परमेश्वरको बचनबाट सिकाउनुहुने जनाइएको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...