२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

आगामी वर्षको मार्च १५ र १६ तारिखका दिन इन्टरनेशनल नेपाली ख्रीष्टियन मिडिया समिट हुने

ललितपुर, गत चैत २१ गतेका दिन नेपाल, भारत र अमेरिकालगायतका ख्रीष्टियन मिडियाकर्मीहरूको भेलाले इन्टरनेशनल नेपाली ख्रीष्टियन मिडिया नेटवर्कको गठन गरेको छ । नक्खुस्थित एक रेष्टुरेण्टमा दिनभर वसेको ख्रीष्टियन मिडियाकर्मीहरूको छलफलले अमेरिका बस्ने अब्राहाम दियालीको अध्यक्षतामा तेह्र सदस्यीय अन्तर्राष्ट्रिय तदर्थ समिति चयन गरेको हो । सह–अध्यक्षमा रमेश लामा (भारत) र कुमारसिंह विष्ट (नेपाल) रहनु भएको छ भने त्यसैगरि उपाध्यक्षमा रामहरी थापा (विश्वास), महासचिवमा दिनेश श्रेष्ठ र सचिवमा प्रकाश वि.सि, कोषाध्यक्षमा रेनु वाइबा र सह–कोषाध्यक्षको लागि कार्य समितिको पछिल्लो वैंठकले भारतबाट चयन गर्नेछ । त्यसैगरी सदस्यमा हरि जिज्ञासु, सुमित नेपाली र अन्य सदस्यमा अमेरिका र भारतबाट एक एक जना चयन गर्ने निर्णय भएको थियो । उक्त भेलाले नेपालको लागि राष्ट्रिय संयोजकमा विकासदत्त दुलाललाई चयन गरेको थियो । कार्य समितिको अर्को वैंठकले नेपाल, भारत, क्यानडा, लण्डनलगायत अन्य देशबाट पनि अन्य ख्रीष्टियन मिडियाकर्मीहरूलाई यो संजालमा समेटेर अन्य जिम्मेवारी सुम्पिने निर्णय गरेको छ ।

उक्त भेलाले इन्टरनेशनल नेपाली ख्रीष्टियन मिडिया समिट आगामी वर्ष सन् २०१९ मार्च १५ र १६ तारिख दुई दिन काठमाडौंमा आयोजना गर्ने निर्णय समेत गरेको छ । चयन भएको यस तदर्थ समिति आगामी मिडिया समिटसम्म मात्र रहने छ, सन् २०१९ मा आयोजना हुन लागेको पहिलो मिडिया समिटबाट सवै मिडियाकर्मीहरूलाई समेट्ने गरी अर्को कार्यकारी समितिको चयन गरी इन्टरनेशनल नेपाली ख्रीष्टियन मिडिया संजाललाई पूर्णता दिइनेछ ।

सो मिडिया छलफलमा वि.पि.खनालले यो अन्तराष्ट्रिय मिडिया नेटवर्कको सफलताको कामना गर्नु भयो । उहाँले यो मिडिया फोरमलाई भविष्यमा चाहिएको बेला आफ्नो साथ, सहयोग र समर्थन रहने प्रतिवद्धता गर्नुभयो । मिडिया छलफलको पहिलो सेसनमा रेभरेण्ड विजय कर्माचार्यले वचनको सेवा गर्नु भएको थियो । त्यस क्रममा उहाँले परमेश्वरले हामीलाई औजारकोरुपमा मिडिया दिनुभएको हुनाले यसलाई सहीरुपमा प्रयोग गरेर प्रभुको महिमा गर्नमा सबै मिडियाकर्मीहरूलाई प्रेरित गर्नुभयो ।

स्मरण रहोस्, देशभरमा भएका ख्रीष्टियन मिडियाकर्मीहरूको पहिलो भेला गत मार्च १३ तारिख काठमाडौंमा भएर उक्त भेलाले नेपाली मिडियालाई समेट्ने खालको एक अन्तराष्ट्रिय ख्रीष्टियन मिडिया संजालको स्थापना गर्ने निर्णय गरेको थियो । त्यसपछि दोस्रो भेला मार्च २६ तारिख भारतमा भएको थियो भने यो तेस्रो भएको भेलाले इन्टरनेशनल नेपाली ख्रीष्टियन मिडिया नेटवर्कको स्थापना गरेको हो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...