१६ चैत, काठमाडाैं । आगामी चैत १८ गते खुल्लामञ्चमा हुने उपत्यकाव्यापी पुनरूत्थान महाेत्सव (इस्टर) २०१८ काे सम्पूर्ण तयारी पूरा भएकाे इस्टर महोत्सव मूल आयोजक समितिले जनाएकाे छ ।
इस्टर महोत्सव मूल आयोजक समितिका अध्यक्ष रेभ.डा.सिमाेन पाण्डेले समितिमा हुनुभएका सबैजनाकाे सक्रियताले महाेत्सवको तयारी अन्तिम चरणमा पुगेकाे कुरा हामीलाई बताउनुभयाे ।
उहाँले भन्नुभयाे, “पुनरुत्थान दिवस, हर्षोल्लासका साथ मनाउन लागिएको सन्दर्भमा गत वर्षहरूमा जस्तै यो वर्ष पनि उपत्यकामा रहेका सम्पूर्ण विश्वासीजनहरूको उपस्थितिमा कुनै कमी हुनेछैन । पहिले भन्दा यस वर्ष मण्डलीहरूको संख्यामा वृद्धि भएको छ । हामी विश्वस्त छौं, उल्लेख्यरूपमा उपत्यकाभित्रका मण्डलीबाट इस्टर महोत्सवमा सहभागिता रहनेछ ।”
अध्यक्ष डा.पाण्डेले उपत्यकाभित्रका सम्पूर्ण मण्डलीका विश्वासी दाजुभाइ, दिदिबहिनीहरूलाई पुनरुत्थान (इस्टर) महोत्सव २०१८ मा सहभागी भई महोत्सवलाई सबै मिलेर सफल बनाउन अाह्वान गर्नुभयाे । त्यसैगरी इस्टर महोत्सव मूल आयोजक समितिका संयोजक पास्टर पदमनाथ पराजुलीले पनि यस वर्षको इस्टर महोत्सवको सम्पूर्ण तयारी पूरा भएको र काठमाडौँ उपत्यकाका सम्पूर्ण मण्डलीहरूलाई सहभागिताका लागि अनुरोध गर्नुभएको छ ।
रत्नपार्कस्थित खुल्लामञ्चमा भेला हुनु अघि सधैँका वर्ष जस्तै काठमाडौँ उपत्यकाका विभिन्न ठाउँहरूबाट यसपाली पनि शान्ति पदयात्रा निकालिने कुरा अायाेजकले बताएको छ । आयोजकका अनुसार काठमाडाैंकाे चावहिल, ज्ञानेश्वर, कोटेश्वर,तिनकुने, बानेश्वर, बालकुमारी, ग्वार्काे,मंगलबजार, जावलाखेल, कलंकी, बल्खु, कालिमाटी लगायत उपत्यकाका विभिन्न ठाउँबाट निस्किएको शान्ति पदयात्रा सहरका विभिन्न ठाउँ हुदैँ खुल्लामञ्चमा पुगरे संयुक्त इस्टर महोत्सव कार्यक्रममा सहभागी हुनेछ ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४