२०८३ साउन ६, बुधबार
2026 July 21, Tuesday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

महासंघद्वारा प्रार्थना सभा सम्पन्न

६ चैत २०७४, काठमाण्डौँ । राष्ट्रिय ख्रीष्टियन महासंघको नेपाल प्रार्थना विभागद्वारा काठमाण्डौँ चप्पलकारखानास्थित अनुग्रह प्रतापी मण्डलीमा हिजो चैत्र ५ गते सोमबारका दिन प्रार्थना सभाको कार्यक्रम सम्पन्न गरेको छ ।

प्रभु येशू ख्रीष्टको पुनरुत्थान हुनु भएको दिन अर्थात इस्टरको महोत्सवका दिन र ख्रीष्ट जन्मोत्सव अर्थात ख्रीष्टमसको सार्वजनिक विदा कायम गराउनको लागि भन्दै सो प्रार्थना सभाको आयोजना गरिएको हो ।

सो प्रार्थना सभामा महासंघ र सरकार वीच भएको ३ बुँदे र ६ बुँदे सहमति कार्यान्वयन गराउन र ख्रीष्टियन समुदायको राष्ट्रिय सरोकारको विषयहरूका साथै देशमा भइरहेका विभिन्न समस्याहरूको समाधानको निम्ति समेत प्रार्थना गरिएको थियो । उक्त प्रार्थनासभाको संचालन डिकन हेम सुनुवारले गर्नुभएको थियो भने आशिषमय तथा अभिप्रेरित वचनको सेवा महासंघका अध्यक्ष सि.वि. गहतराजले गर्नुभएको थियो ।

प्रार्थनाको अगुवाई महिला विभागका प्रमुख डोमा राई, प्रार्थना विभागका प्रमुख देउमाया तामाङ, उपाध्यक्ष प्रेमा राई, पास्टर बुद्धिमान तामाङ, पास्टर जीवन बस्नेत, पास्टर मन्दिर कुमार श्रेष्ठ, पास्टर आत्माराम रम्तेल, पास्टर राजेन्द्र लामा लगायतले गर्नुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...