फेब्रोअरी १४, २०१८, हिजो फागुन १ गतेका दिन नेपाली ख्रीष्टियन युवा मञ्चको राष्ट्रिय भेला ललितपुरको थसिखेलस्थित नवजीवन पुनस्र्थापना चर्चमा सम्पन्न भएको छ । युवा मञ्चका अध्यक्ष कमल अधिकारीको सभापतित्वमा सम्पन्न भएको सो भेलामा सातै प्रदेशबाट प्रतिनिधिका रुपमा सहभागी युवाहरुको बीचमा युवा पाष्टर रोहित ढकालले परमेश्वरको वचन बाँड्नु भएको थियो । उहाँले येशू प्रभु फुकाउन आउनु भएको हो भन्ने विषयमा बोल्नु भएको थियो । कुमार अव्राहामले सञ्चालन गर्नुभएको कार्यक्रममा समय कुमार रम्तेलले मञ्चको अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो भने सह–अध्यक्ष रोशन खतिवडाले स्वागत तथा मन्तव्य राख्नुभएको थियो ।
खानापछि सातै प्रदेशबाट आउनु भएका युवाहरुलाई समूह समूहमा राखी बृहत छलफल भएको थियो । सो छलफलपश्चात सातै प्रदेशबाट संयोजक र सहसंयोजक चयन गरिएको थियो । प्रदेश १ बाट संयोजक दिपेन्द्र आछामी, सह–संयोजक महेश दास साथै संन्तोष बराइली, प्रदेश २ बाट संयोजक ललन यादव, सह–संयोजक सरोज घिमिरे सदस्य सद्रक महरा, प्रदेश ३ बाट संयोजक समयकुमार रम्तेल, सह–संयोजक चिरञ्जिवी सुनुवार, प्रदेश ४ बाट संयोजक अमृत पुन र सह–संयोजक प्रकाश बानियाँ, प्रदेश ५ बाट संयोजक सुनिल वि.एम, सह–संयोजक रामकुमार विश्वकर्मा र सदस्य राजु छिनाल, प्रदेश ६ बाट संयोजक राजु लामिछाने, सह–संयोजक बलबहादुर नेपाल साथै सदस्यहरुमा क्रमशः शान्तबहादुर भण्डारी, हरिचन्द्र बोहोरा र नरेशकुमार खड्का र प्रदेश नम्बर ७ बाट संयोजक लुकास बोम्जन र सह–संयोजक जोयल तामाङ चयन हुनुभएको छ ।
स्मरण रहोस् नेपाली ख्रीष्टियन युवा मञ्चले देशैभरि संगठन विस्तार गर्दै जतिसक्दो छिटो प्रथम राष्ट्रिय महाधिवेशन आयोजना गर्ने लक्ष्य लिएको छ ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४