२०८३ अशोज २१, बुधबार
2026 October 6, Tuesday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

भोटेकोशी बाढी पीडित ५०० घर परिवारलाई बीएनसीएको राहत वितरण

 काठमाडौं, ९ अक्टोबर २०२६ । भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले पिडित भएका नुवाकोट र रसुवा जिल्लाका बाढी प्रभावित ५०० घर परिवारलाई अमेरिकास्थित नेपाली भाषी चर्चहरूको साझा सङ्गठन भुट्निज नेप्लिज चर्चेज अफ अमेरिका (बीएनसीए)ले राहत सामग्री हालै वितरण गरेको छ ।

अमेरिकाबाट आएको बीएनसीए रिलिफ मिसन टिम बाढी प्रभावित जिल्ला रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा पुगेर स्थलगत भ्रमण गरी राहत सामग्री वितरण गरेको थियो भने प्रभावित क्षेत्रबाट रेस्क्यू गरी काठमाडौं ल्याइएका र उपत्यकाका विभिन्न ठाउँमा बसोबास गरिरहेका बाढी पीडितहरूलाई काठमाडौंको पुतलीसडकस्थित वेथशालोम पुतलीसडक चर्चमा एकिकृत गरी सामुहिक सान्त्वना सेवा दिनुका साथै राहत सामग्री समेत वितरण गरेको थियो । बीएनसीएले वितरण गरेको राहत सामग्रीमा ग्यास चुल्हो र सिलिन्डर, ब्ल्याङ्केट, लत्ताकपडा र अन्य आवश्यक सामग्री खरिद गर्न सकुन् भन्ने उद्देश्यले केही रकम पनि उपलब्ध गराइएको थियो ।

बीएनसीएका मिसन डाइरेक्टर रेभ. डा. प्रकाशमेघी गुरुङका अनुसार बाढी पीडितहरूलाई राहत सामग्रीहरू वितरण गर्नुका साथै उहाँहरूलाई मानसिक र आत्मिक रुपमा पनि मुटुमा लागेको चोटमा मल्हमपट्टी लगाउने कार्य गरिएको कुरा बताउनुभयो । साथै उहाँले विपद्को यो कठिन परिस्थितिमा पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले राहत सामग्री लिएर आफूहरू प्रभावित क्षेत्रमा पुगेको बताउनुभयो ।

राहत वितरणका क्रममा बीएनसीए रिलिफ मिसन टिमका सदस्य रेभ. नोर्बु तामाङले बाढी प्रभावित परिवारको दुःख र शोकमा सहभागी हुँदै सहयोग गर्नु अमेरिकामा रहेका भुट्निज नेपाली भाषी चर्चहरूको साझा दायित्व भएको बताउनुभयो ।  

स्मरण रहोस् बीएनसीए मिसन डाइरेक्टर रेभ. डा. प्रकाशमेघी गुरुङको नेतृत्वमा ७ सदस्यीय बीएनसीए रिलिफ मिसन टिम नेपाल आएर राहत सामग्री वितरण गरी अमेरिका प्रस्थान पनि गरिसकेको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...