सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

विश्व रेकर्ड गर्नुभएका प्रा.डा. लुहार सम्मानित

दाङ, २०८० मंसिर १९ गते । घोराही इसाई समुदाय दाङले प्रा.डा. नरीराम लुहार ‘बिनोद’लाई विश्व रेकर्ड गरेकोले हार्दिक बधाई सहित सम्मान कार्यक्रम आज प्रतापी मण्डली दाङमा सम्पन्न गरेको छ ।

एक विछट्टै र रोचक साहित्य विधामा कलम चलाउने व्यक्तित्व भएकोले उहाँले विगत २ वर्षको अवधिमा १५ वटा पुस्तकहरू प्रकाशनमा ल्याउनुभएको छ । यसरी विगत २ वर्षदेखि ईङ्गल्याण्ड बुक अफ वल्र्ड रेकर्डस्ले गुप्त रुपमा सेक्युलर क्षेत्रबाट उहाँको व्यक्तिगत सुक्ष्म अध्ययन र अनुसन्धान गरी अथक परिश्रम, अध्ययन र लेखनको उच्च मूल्याङ्कन गर्दै उहाँको नाम विश्व सूचिमा दर्ता गराई उहाँलाई उत्साह र हौसला प्रदान गर्न यही नोभेम्बर २०२३ मा विश्व प्रसिद्ध स्वर्ण पदक र कदर–पत्रले सम्मान गरेको अवसरमा उक्त कार्यक्रमको आयोजना घोराही इसाई समुदाय दाङले गरेको हो ।

घोराही नगरपालिकाभरिका सम्पूर्ण अग्रज प्रतिनिधिहरू र निट्स विश्वविद्यालय परिवारको प्रत्यक्ष उपस्थितिमा सम्मान कार्यक्रम सु–सम्पन्न गरेको हो । घोराही इसाई समुदायका वर्तमान अध्यक्ष पा. भुप बहादुर घर्तीमगरले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ सल्लाहकार पा. नर बहादुर शाह रहनु भएको थियो । विशिष्ट अतिथिको रुपमा समुदायका उपाध्यक्ष द्वय आदरणीय गुरुआमा सीता शाह र पा. उदय स्वर्णकार रहनु भएको थियो ।

घोराही नगर सचिव पा. खिम बहादुर बि.क.को उद्घोषकत्वमा सञ्चालन भएको सम्मान कार्यक्रममा अतिथिगणहरू निट्सका रजिष्ट्रार रेभ.पा. महेश लावड, प्रशिक्षक पा. बिसराम भुल, सचिव अ. भरत लुहार, दाङ जिल्ला सचिव पा. सुवास नेपाली, सह–सचिव पा. दिलिप ताम्राकार लगायत घोराही नगरका पास्टर तथा अगुवा सेवकहरू रहनुभएको थियो ।

बरिष्ठ पा. नर बहादुर शाहले सुरुको प्रार्थनामा अगुवाई गर्नुभएको कार्यक्रममा आफ्नो शुभकामना मन्तव्यमा विशिष्ट अतिथि पा. उदय स्वर्णकारले प्रा.डा. लुहार एक असल र योग्य ऐतिहासिक धरोहरको रुपमा रहेको बताउनुभयो । त्यसैगरी विशिष्ट अतिथि आदरणीय गुरुआमा सीता शाहले आफ्नो शुभकामना मन्तव्यमा प्रा.डा. महोदय एक मात्र कुशल, उदाहरणीय र नमुनाका पात्र भएको दाबी गर्नुभएको थियो । प्रमुख अतिथिले पनि आफ्नो शुभकामना मन्तव्यमा उहाँ सारा नेपालीहरूको र विशेषगरी ख्रीष्टियन समुदायको प्रेरणादायी व्यक्तित्व र अनुकरणीय जनको रुपमा घोषणा गर्नुभएको थियो । “मायाको चिनो” प्रमुख अतिथिको बाहुलीबाट र “सम्मान तथा कदर–पत्र” विशिष्ट अतिथि सीता शाहको बाहुलीबाट सम्मानित व्यक्तित्व प्रा.डा. महोदयलाई हस्तान्तरण गरिएको थियो ।

प्रा.डा. महोदयले आयोजक समिति र समुदाय स–परिवारलाई हार्दिक कृतज्ञता सहित धन्यवाद दिँदै सम्मान–पत्र ग्रहण गरेपश्चात् सभाध्यक्ष पा. भुप बहादुर घर्तीमगरले सम्मानित व्यक्ति बहुमुखी प्रतिभाका धनी, निःस्वार्थ समाजसेवी र अविष्मरणीय जन भएको अतुलनीय मन्तव्य राख्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...