२० भदौ २०८०, लम्किचुहा, कैलाली । नेपाल राष्ट्रिय इसाई समाजको आयोजना र लम्किचुहा नगरपालिका स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा किशोरीहरूको लागि एक दिने बृहत् किशोरी स्वास्थ्य सचेतना कार्यक्रम यहाँ सम्पन्न भएको छ ।
सो सचेतना कार्यक्रममा किशोरीहरूको दैनिक जीवनमा आइपर्ने विभिन्न स्वास्थ्य सम्बन्धी समस्याको पहिचान र व्यवस्थापन कसरी गर्ने भन्नेबारे सिकाइएको थियो । आज सम्पन्न भएको सो एक दिने बृहत् किशोरी स्वास्थ्य सचेतना कार्यक्रम लम्किचुहा नगरपालिकाभित्र रहेका विभिन्न मण्डलीबाट २५० जना किशोरीहरूको सहभागिता रहेको थियो ।
उक्त स्वास्थ्य सचेतना कार्यक्रमका सहभागी भएका किशोरीहरूले यस कार्यक्रमबाट आफ्नो स्वास्थ्यप्रति सचेत रहनु पर्ने बारे सिकेको र आशिषमय भएको बताएका छन् ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४