२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

एनसिएफ, एनसिएस र महासंघबिच ७ बुँदे सहमतिमा हस्ताक्षर

काठमाडौं, ११ फेब्रुअरी २०२२ । नेपाल राष्ट्रिय मण्डली संगति, नेपाल ख्रीष्टियन समाज र राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालबिच मेलमिलाप, सहकार्य र एकताका लागि ७ बुदेँ सहमति पत्रमा हस्ताक्षर भएको छ ।

ललितपुरको सानेपास्थित आराधना चर्चमा आयोजित घोषणा कार्यक्रममा नेपाल राष्ट्रिय मण्डली संगतिका अध्यक्ष रेभ. हनोक तामाङ, महासचिव पा. शेर बहादुर ए.सी., नेपाल ख्रीष्टियन समाजका अध्यक्ष रेभ. जोसेफ श्रेष्ठ, महासचिव डिल्लीराम पौडेल, र राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.बि. गहतराज, वरिष्ठ सहअध्यक्ष रेभ. फिलेमोन क्षेत्री र महासचिव चित्र रेखा ओझाले प्रतिनिधिको रुपमा सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

 

घोषणा सभा कार्यक्रममा एन.सि.एफ नेपालका अध्यक्ष तथा कार्यक्रमका सभापति रेभ. हनोक तामाङले ख्रीष्टियन समुदायलाई संविधानमा पनि विभेद गरिएको बताउनुभयो । स्वभावमा र विचारमा रुपान्तरण आए मात्र देशमा परिवर्तन हुने बताउँदै उहाँले हालसम्म ख्रीष्टियनको पक्षमा बोली दिने कुनै राजनीतिक पार्टी नभएकोले अब संदनमा ख्रीष्टियन समुदायबाट प्रतिनिधित्व गर्ने संसदहरु पठाउनु पर्ने विचार व्यक्त गर्नुभयो । त्यसैगरी राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष सि.वि. गहतराजले आज नेपाली ख्रीष्टियन इतिहासमा सुनौलो दिन भएको बताउँदै अब सबै मिलेर ख्रीष्टियन समुदायको पहिचान र हक तथा अधिकारका लागि सबै मिलेर काम गर्नु पर्ने भएकोले नै यो आज यो सहमति भएको बताउनुभयो । आज यो सहमति भएकोमा विश्वभर छरिएर रहनुभएका नेपाली भाषी ख्रीष्टियनहरु खुशी भएका छन् र यस सहमतिले ख्रीष्टियन समुदायको अधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल ख्रीष्टियन समाजका महासचिव पास्टर डिल्लीराम पौडेलले यो सबै नेपाली ख्रीष्टियन जनहरुको प्रार्थनाको प्रतिउत्तर हो भने आफ्नो विचार व्यक्त गर्नुभयो ।

काठमाडौंका वरिष्ठ पास्टर तथा अग्रज अगुवाहरु, ख्रीष्टियन संघ संस्थाका प्रमुखहरु र पत्रकारहरुको सहभागिता रहेको सो घोषणा सभामा एनसिएफका महासचिव पास्टर शेर बहादुर एसीले ७ बुँदै सहमति पत्र वाचन गरेर सुनाउनुभएको थियो । पास्टर धनराज घिमिरेले सञ्चालन गर्नुभएको सो कार्यक्रममा क्वाइनोनिया पाटन चर्चका वरिष्ठ पास्टर डा. मंगलमान महर्जनले अन्तिम प्रार्थना गर्नुका साथै आशिषको प्रार्थना गरी समापन गरिएको थियो ।

 

तीनै संस्थाका प्रमुख सहितले हस्ताक्षर गरिएको सो सहमति पत्रमा भनिएको छ, – बाहिरबाट हेर्दा धेरै उपलब्धिहरू प्राप्त भएको जस्तो देखिए तापनि आजसम्म पनि नेपाली ख्रीष्टियन समुदाय तथा चर्चहरूका समस्याहरू यथावत नै रहेका, सरकार तथा सम्बन्धित निकायले अझै ख्रीष्टियन समुदायलाई खासै पहिचान नगरेको र सरकारी मान्यता नदिएका हुनाले आफ्नो पहिचान तथा अस्तित्वका लागि बोल्ने, बहस–पैरवी गर्ने र आफ्नो हकहितका लागि विभिन्न मागहरू जाहेर गर्नुपर्ने अवस्था अझै पनि छ । विभिन्न शुभचिन्तकहरू सिङ्गो ख्रीष्टियन समुदायबाट तीनै छाता संगठन अर्थात एन.सी.एफ.एन., एन.सी.एस. र एफ.एन.सी.एन. मिलेर संयुक्त रूपमा काम गर्नुपर्ने र एकतावद्ध हुनुपर्ने जस्ता माग आएका हुनाले आगामी दिनहरूमा हामी तीनै समूह मिलेर सम्पूर्ण नेपाली ख्रीष्टियन समुदाय र चर्चका हकहितका लागि काम गर्न निम्नानुसारका बुँदाहरूमा सहमति गर्दर्छौं ।

१. सबैले एकअर्काको अस्तित्व र पहिचानलाई स्वीकार गरी मान–सम्मान प्रदान गर्ने ।

२. सबैले आ–आफ्ना लक्ष्य–उद्देश्यहरू एकअर्कालाई जानकारी गराउन एक कार्यदल गठन गर्ने र के–के कामहरू कसरी गर्ने भनी कार्य–क्षेत्रहरू निर्धारण गर्ने ।

३. ख्रीष्टियन समुदायका स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा सबैको एक साझा अवधारणा बनाउने र त्यसका लागि मिलेर काम गर्ने ।

४. चर्चको सार्वभौमिकतामा आँच आउने कुनै प्रकारका कुराहरू नगर्ने र स्थानीय चर्च वा सम्प्रदायका नीति–नियम र शिक्षा–सिद्धान्तमा कुनै हस्तक्षेप नगर्ने ।

५. जुनसुकै सम्प्रदाय, समूह र झुण्डसँग सम्बन्धित चर्च वा संघ–संस्थाले आवश्यकताअनुसार साथ÷सहयोग मागेमा मिलेर सहायता गर्ने ।

६. सबैले देशको नीति–नियम पूर्ण–रूपमा पालन गर्ने र कहीँ कतै नेपाली ख्रीष्टियनहरूको प्रतिनिधित्व गर्नुपर्दा मर्यादित भएर प्रस्तुत हुने ।

७. नेपाल राष्ट्रिय मण्डली संगति, नेपाल ख्रीष्टियन समाज र राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले प्रत्यक्ष रूपमा कुनै राजनीतिक गतिविधिमा संलग्नता नजनाउने ।

 

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...