२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

महासंघको १४औं राष्ट्रिय भेला चितवनमा शुरू

सौराहा, चितवन । ३ जनवरी २०२२ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको १४ औं राष्ट्रिय भेला चितवनको सौराहामा आज शुरू भएको छ । देशको ७ वटै प्रदेशबाट राष्ट्रिय ख्रीष्टियन महासंघका प्रतिनिधिहरू सहभागी रहेको राष्ट्रिय भेलाको उद्घाटन राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष सि.वि गहतराजले गर्नुभएको छ ।

महासंघका अध्यक्ष सि.वि गहतराजको सभाध्यक्षता भएको राष्ट्रिय भेलामा प्रमुख अतिथिको रुमा पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारी रहनुभएको थियो । राष्ट्रिय भेलामा राष्ट्रिय मण्डली संगति नेपालमा अध्यक्ष हनोक तामाङ, सामाजिक अभियन्ता तथा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य आङ्काजी सेर्पा, नेपाल कम्युनिष्ट  पार्टी समाजवादीका अध्यक्ष राजु कार्की, नेपाल दलित पार्टीका अध्यक्ष मेघराज वि.क लगायतको विशेष आथित्यता रहेको थियो ।

आजदेखि शुरू भएर आगामी २२ गतेसम्म चल्ने राष्ट्रिय भेलामा राष्ट्रय ख्रीष्टियन महासंघ नेपालका केन्द्रीय पदाधिकारी सहित प्रदेश प्रमुख, जिल्ला अध्यक्षहरु, लगायत विभिन्न प्रतिनिधिहरुको सहभागीता रहेको छ ।

राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा पूर्व गृह राज्य मन्त्री रिजवान अन्सारीले राष्ट्रियतालाई बचाउनुको लागि अल्पसंङ्ख्यक धार्मिक समुदाय तथा विभेदमा परेका समुदायहरु एक हुनु पर्ने बताउनुभयो । उहाँले ‘बहुभाषिक धार्मिक समुदाय रहेको देशमा हिन्दु राज्य स्थापना गर्ने सपना कसैले पनि नदेख्न सचेत समेत गराउनुभयो । दिगो शान्ति स्थापना गर्नको लागि समानताको रणनीति अपनाउनु पर्ने र त्यसको लागि अल्पसङ्ख्यक समुदायहरू एक हुनुपर्ने बताउनुभयो ।

त्यसैगरी राष्ट्रिय भेलालाई सम्बोधन गर्दै जनता समाजवादीका केन्द्रिय सदस्य आङ्काजी शेर्पाले ख्रीष्टियन समुदायको अधिकार राज्यले खोसेकोले ख्रीष्टियन समुदाय अब पनि चुप लागेर बस्न नहुने बताउनुभयो । ख्रीष्टियन समुदायको लागि सार्वजनिक विदा, समाधिस्थल, चर्च भवन लगायतका सुविधा अन्य धर्मालम्वीले पाए जसरी अधिकारबाट बञ्चित गराएको बताउँदै ख्रीष्टियन समुदायको हक प्राप्तिका लागि आफूले साथ दिने समेत बताउनुभयो ।

सो राष्ट्रिय भेला समारोहका महासंघका अध्यक्ष सि.वि गहतराजले राष्ट्रिय भेलालाई सम्बोधन गर्दै राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको १४ औँ राष्ट्रिय भेला ऐतिहासिक र निर्णायक रहने बताउनुभयो । उहाँले यो राष्ट्रिय भेलाबाट राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल नयाँ रणनीतिका साथ अगाडि बढ्ने समेत बताउनुभयो । अध्यक्ष गहतराजले आगामी निर्वाचनमा ख्रीष्टियन समुदायको अधिकार सुनिश्चित गर्ने पार्टीलाई ख्रीष्टियन समुदायले साथ दिने समेत बताउनुभयो ।

राष्ट्रिय मण्डली संगति नेपालमा अध्यक्ष हनोक तामाङले अधिकार प्राप्तिको लागि सबै ख्रीष्टियन समुदायको लगानी रहेको बताउँदै राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आफूलाई निमन्त्रणा गरेकोमा धन्यवादसमेत व्यक्त गर्दै सबैसँग आफूले सहकार्य गर्न चाहेको बताउनुभयो ।

राष्ट्रिय भेलालाई नेपाल कम्यूनिष्ठ पार्टी समाजवादीका अध्यक्ष राजु कार्की, नेपाल दलित पार्टीका अध्यक्ष मेघराज वि.क, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका विदेश विभाग प्रमुख प्रकाश मेघी गुरुङ लगायतले सम्बोधन गर्नुभएको थियो ।

सो उद्घाटन समारोहमा डा. फिलेमोन क्षेत्रीले पवित्र धर्मशास्त्र बाइबलबाट वचन प्रकाश पार्नु भएको थियो । स्वागत मन्तव्य राष्ट्रिय ख्रीष्टियन महासंघका सहअध्यक्ष टेकविक्रम हिताङ्गले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण उपमहासचिव उद्भव चिमोरियाले गर्नुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...