२०८३ जेष्ठ २३, शनिबार
2026 June 5, Friday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

आज ख्रीष्ट जन्मोत्सव धुमधामसाथ मनाइदै, सरकारले पनि दियो सार्वजनिक विदा

काठमाडौं, २५ डिसेम्बर २०२१ । आज डिसेम्बर २५ तारिख वडादिन ख्रीष्टमसको अवसरमा धुमधामका साथ ख्रीष्ट जन्मोत्सवको उत्सव विश्वभर मनाइदैछ । सोहि अवसर पारेर नेपालमा पनि ख्रीष्ट विश्वासीहरूले धुमधामका साथ ख्रीष्टमस मनाउँदैछन् ।

ख्रीष्टमसको अवसरमा नेपाल सरकारले पनि यस वर्ष ख्रीष्टमस शनिवार परेको भएतापनि सार्वजनिक विदा दिएको छ । नेपालमा रहेका ख्रीष्ट विश्वासीहरूले धुमधामका साथ ख्रीष्ट जन्मोत्सव मनाउँदै येशू सारा मानव जातिको पाप क्षमाका लागि यस संसारमा मानव बनेर जन्म लिनु भएको महान घटनाको स्मरण गर्दै ख्रीष्टमस मनाइदैछ ।

यस वर्षको ख्रीष्टमस उत्सवको अवसरमा नेपाल लगायत विश्वभर रहेका चर्चहरूले आफ्नै तरिकाले ख्रीष्टमस मनाउँदै गर्दा त्यसै अवसरमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आज दिउँसो ३ः०० बजे काठमाडौंको प्रज्ञा प्रतिष्ठानको सभाहलमा राष्ट्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा ख्रीष्ट जन्मोत्सव मनाउन लागिएको जनाएको छ । सो ख्रीष्टमस महोत्सवको समारोहमा सहभागी हुन राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले सबैलाई आग्रह गरेको छ ।

साथै राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको युवा विभागले गत डिसेम्बर २३ तारिखका दिन बिहान काठमाडौंमा ख्रीष्टमस शुभकामना मोटरसाइकल र्यालीको आयोजना समेत गरेको थियो । सो शुभकामना मोटरसाइकल र्याली काठमाडौंको बिजुलीबजारको पुलबाट शुरु भई राजधानीको विभिन्न ठाउँहरू परिक्रमा गरी भृकुटीमण्डपमा गई समापन गरिएको थियो ।

त्यसैगरी हिजो मात्र राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरी आज हुने कार्यक्रमका बारे जानकारी गराएको थियो भने प्रज्ञा प्रतिष्ठानमा हुने ख्रीष्ट जन्मोत्सव समारोहमा सबैलाई सहभागी हुन आब्हान समेत गरेको थियो ।

स्मरण रहोस् नेपाल ख्रीष्टियन समाज र राष्ट्रिय मण्डली संगति नेपालले पनि संयुक्त रुपमा गत २२ डिसेम्बरका दिन ख्रीष्टमसको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको थियो भने राष्ट्रिय गिर्जाघर महागुठी नेपालले पनि शुभकामना आदान प्रदानको कार्यक्रम सम्पन्न गरेको थियो । साथै नेपालमा कार्यरत रहेका विभिन्न ख्रीष्टियन संघसंस्थाले पनि ख्रीष्टमसको शुभकामना आदान प्रदानका कार्यक्रम सम्पन्न गरेका थिए ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...