२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

उपराष्ट्रपतिको कार्यालयमा ऐतिहासिक विशेष शुभकामना आदानप्रदान कार्यक्रम …

२०७४ पौष १७ गतेका दिन राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालद्वारा ख्रीष्टमस–२०७४ तथा नयाँ वर्ष–२०१८ को उपलक्ष्यमा उप–राष्ट्रपतिको कार्यालयको सभाहल, कान्तिपथमा विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सम्माननीय उप–राष्ट्रपति नन्द बहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सो कार्यक्रमको सभापतित्व राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.बि. गहतराजले गर्नुभएको थियो । कार्यक्रममा शुरुको प्रार्थना विलिभर्स ईष्टर्न चर्च नेपालका निर्देशक विशप हेमचन्द्र शर्माले गर्नुभएको थियो भने स्वागत गीत तथा ख्रीष्टमसको गीत प्रार्थना विभाग प्रमुख श्रीमती देऊमाया तामाङ्गको अगुवाईमा प्रस्तुत गरिएको थियो । यसैगरी स्वागत मन्तव्य महासचिव पा. पदमनाथ पराजुलीले दिनुभएको थियो । ख्रीष्टियन समुदायका तर्फबाट सह–अध्यक्ष डा. फिलेमोन क्षेत्रीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सोही अवसरमा महासंघका अध्यक्ष सि.बि. गहतराजले उप–राष्ट्रपतिलाई लोकतान्त्रिक गणतन्त्र र धर्म्निरपेक्षतालाई संस्थागत गर्न एवं धार्मिक तथा साँस्कृतिक मानव अधिकारको सुनिश्चितताको लागि खेल्नुभएको अमूल्य योगदानको उच्च सम्मानका साथ सम्मान–पत्र एवं दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो भने श्रीमती सलोमी लेप्चा तिमोथीलाई विगत ४ दशकदेखि ख्रीष्टियन सांगीतिक क्षेत्रमा रहेर ख्रीष्टियन भजन तथा ख्रीष्टियन गीत संगीतमा पु¥याउनुभएको अतुलनीय योगदानको उच्च सम्मान गर्दै महासंघका तर्फबाट उप–राष्ट्रपतिद्वारा दोसल्ला र कदर–पत्र प्रदान गरिएको थियो । कार्यक्रममा उप–राष्ट्रपतिले ख्रीष्टमस–२०७४ तथा नयाँ वर्ष–२०१८ को उपलक्ष्यमा सम्पूर्ण ख्रीष्टियन समुदाय लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सु–स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो । यसै क्रममा वहाँले नयाँ वर्ष–२०१८ सँगसँगै संविधानले सबै धर्म, जाति, वर्णलाई समान अधिकार दिएकोले सबैले आफ्नो अनुसार आफ्नो धर्मसंस्कृतिको अभ्यास, अबलम्बन र संरक्षण गर्ने सुनिश्चितता गरेको बताउँदै संविधानको व्यवहारिक कार्यान्वयन सहित धर्म्निरपेक्षताको मूल मर्म अनुसार सम्पूर्ण जाति, धर्म तथा वर्णले आफ्नो हकअधिकारको पूर्ण उपभोग गर्नुका साथै देश आर्थिक एवं सम्वृद्धितर्फ लम्कने विश्वास व्यक्त गर्नुभयो । शुभकामना एवं धन्यवाद ज्ञापनका क्रममा अध्यक्ष सि.बि. गहतराजले यस अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण ख्रीष्टियन समुदाय लगायत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्दै उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । उक्त कार्यक्रमको अन्तिम प्रार्थना नेपाल बाइबल सोसाइटीका महासचिव रेभ. तेज जिरेलले गर्नुभएको थियो । सो कार्यक्रमको सञ्चालन सचिव एवं व्यवस्थापन प्रमुख पा. उद्धव चिमोरियाले गर्नुभएको थियो । सम्भवत यो कार्यक्रम नै होला, पहिलो पटक नेपाल सरकारको कार्यालयमा ख्रीष्टियन कार्यक्रम सफलतापूर्वक र विधिवत रुपमा सम्पन्न भएको भनि उपस्थिति कतिपयले कार्यक्रम पश्चात आफ्नो विचार ब्यक्त गर्नुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...