२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

नेपाली ख्रीष्टियन युवा मञ्चको पहलमा आर्थिक सहयोग

नेपाली ख्रीष्टियन युवा मञ्चको पहलमा हिजो एक विरामीलाई आर्थिक सहयोग गरेको छ । २ महिना अघि मात्रै सो मञ्च गठन भएको हो । धादिङस्थित आशिष चर्चका २२ बर्षिय मिलन तामाङ गम्भिर फोक्सोको रोगले ग्रस्त थिए । आर्थिक अभावको कारणले उपचार गर्न सकेका थिएनन् । चर्च लगायत ख्रीष्टियन तथा अन्य व्यक्तिहरूसँग चन्दा संकलन गरी उपचारको निम्ति काठमाडौं पठाएका थिए तर उपचारका क्रममा सो चन्दा सकिएकोले थप उपचारका लागि आर्थिक संकटमा परेको कुरा युवा मञ्चका महासचिव तुलसी श्रेष्ठले थाहा पाएपछि उनको उपचारको निम्ति सहयोग रकम उठाउन थाल्नु भएको थियो ।

उनको उपचारको निम्ति हङ्गकङ्गमा बसोबास गरिरहेकी शुम्मा घले (रुथ) को पहलमा रु.३७,२४०÷– नगद मञ्चलाई प्राप्त भएको थियो । साथै नेपाल पुनरुत्थान मण्डलीका पाष्टर ओमकुमार श्रेष्ठले नगद ४ हजार उपलब्ध गराउनु भएको थियो भने अन्यबाट २ हजार प्राप्त भएको रकम विरामीका आफन्तलाई बुझाइएको हो

मनमोहन अस्पतालमा उपचार गराई रहेका मिलनलाई पास्टर ओमकुमार श्रेष्ठ सहित मञ्चका तर्फबाट महासचिव तुलसी श्रेष्ठ र विश्वास थापाले हस्तान्तरण गर्नुभएको थियो । थप उपचारको निम्ति अरु रकम आवश्यक रहेकोले सहायता गरीदिनु हुनको लागि मिलनकी आमाले आग्रह गरेकी छिन् ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...