२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

पास्टर केशव आर्चायको सम्बन्धमा प्रधानमन्त्रीलाई महासंघको ज्ञापन पत्र

१, डिसेम्बर २०२१, काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष सि.वि. गहतराजको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले आज प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट गरी पास्टर केशव आचार्यको फैसलाका बारे जानकारी गराएको छ ।

गत मङ्सिर १४ गतेका दिन जिल्ला अदालत डोल्पाले धर्म प्रचार गरेको अभियोगमा पास्टर केशव आचार्यलाई दोषी ठहर गरी २ वर्ष जेल सजायका साथै बीस हजार जरिवाना निर्धारण गर्दै कारागर चलान गरेको जानकारी गराउँदै उहाँको रिहाइका लागि आवश्यक पहल गरिदिन हार्दिक अपिल सहितको ज्ञापन पत्र र ३० लाख ख्रीष्टियन बसोबास गर्ने मुलुकमा ख्रीष्टियनहरूको न्यूनतम हक अधिकारको समेत सुनिश्चितता नभएको र हरेक वर्ष ख्रीष्टमस बिदाको लागि सरकारलाई घचघच्याइ राख्नुपर्ने अवस्था रहेकोले ख्रीष्टियन समुदायको जायज माग र नेपाल सरकारसँग भएको ३ बुँदे र ६ बुँदे सम्झौता तत्काल कार्यान्वयन गरेर अल्पसंखयक समुदायको सम्मान गर्न आग्रह गरेको छ ।

महासंघको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले ख्रीष्टियन समुदायको मागबारे आफू जानकार रहेको साथै मागहरू जायज र आफू त्यसप्रति सकारात्मक भएको बताउँदै ख्रीष्टमसमा सार्वजनकि बिदा कायम गर्ने प्रतिबद्धता गर्नुको साथै अन्य जायज मागहरूप्रति विशेष पहल गर्ने पनि बताउनुभयो ।

उक्त भेटमा राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष सि.वि. गहतराज, बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्री लगायतका पदाधिकारीहरूकोे सहभागिता रहेको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...