२०८३ साउन ६, बुधबार
2026 July 21, Tuesday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

धर्म परिवर्तन गराएको आरोपमा पास्टर केशवराज आचार्य जेल चलान

३० नोभेम्बर २०२१, डोल्पा (हरि जिज्ञासु) । प्रशस्त कटनी चर्च पोखराका पास्टर केशवराज आचार्यलाई जिल्ला अदालत डोल्पाले दुई वर्ष कैद र २० हजार जरीवाना हुने फैसला गरेको छ ।

धर्म परिवर्तनको आरोपमा पक्राउ परेका पास्टर केशव आचार्यलाई २०७८/८ /६ गते मुलुकी अपराध संहिता २०७४ को दफा १५८ (१)(२) बमोजिमको कसुर ठहर गरी आज २ वर्ष कैद र २० हजार जरीवानाको फैसला सुनाएको हो ।

डोल्पा जिल्ला त्रिपुरासुन्दरी नगरपालिका वडा नं. २ रुम मा गाउँमा पुगेर पास्टर केशवराज आचार्यले पम्पलेटहरू वितरण गरेको, प्रार्थना गरेर विरामी निको हुन्छ भन्ने भ्रम फैलाएको, विरामी येशूको नाममा निको हुन्छ भन्ने लगायतका भ्रमात्मक भिडियोलाई आधार मानेर नेपाल सरकारले मुद्धा चलाएतापनि पास्टर केशवराज आचार्यले धर्म परिवर्तन गराएको भन्ने आरोपीत कसुरलाई अस्वीकार गर्नुभएको छ ।

कसुर ठहर गरिएका पास्टर केशवराज आचार्यको तर्फबाट अधिवक्ताद्धय शेरबहादुर खत्री र घनश्याम उपाध्यायले बहस गर्नुभएको थियो भने नेपाल सरकारको तर्फबाट सहायक जिल्ला न्यायधिवक्ता खुमबहादुर कुँवरले बहस गर्नुभएको थियो ।

जिल्ला अदालत डोल्पाको फैसला सुनेपछि पास्टर केशवराज आचार्यले आफू निर्दोष हुँदाहुँदै सम्मानित अदालतले कसुरदार ठहर गरी कैद जरिवाना गरेर अन्याय गरेको प्रतिक्रिया दिदै उक्त फैसला उच्च अदालत सुर्खेत जुम्लामा पुनरावेदन गर्ने जानकारी दिनुभएको छ ।

बहु धार्मिक बहुभाषिक देशमा राज्यले ख्रीष्टियन धर्मगुरुलाई आरोप लगाएर कैद जरीवाना तोकेकोमा राष्ट्रिय ख्रीष्टियन महासंघका तर्फबाट प्रतिनिधि भई डोल्पा पुगेका धनराज घिमिरेले राज्यले अन्याय ग¥यो भन्दै अब राष्ट्रिय ख्रीष्टियन महासंघले उच्च अदालत जुम्लामा पुनरावेदन गर्ने जानकारी दिनुभयो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...