२०८३ साउन ६, बुधबार
2026 July 21, Tuesday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

एपि मसिहा पार्टीको मोटरसाइकल र्याली सम्पन्न

२५ नोभेम्बर २०२१, काठमाडौं । सरकारसँग विभिन्न माग राखी एपि मसिहा पार्टी नेपाल र आफ्नै भातृसंस्था रहेको परिवर्तन युवा संघ नेपालको संयुक्त आयोजनामा आज काठमाडौंको रिङरोडमा महङ्गी विरुद्ध लगायतका माग राखी शान्तिपूर्ण विरोध प्रदर्शन गर्दै मोटरसाइकल र्यालीको आयोजना गर्यो ।

सयौं संख्यामा मोटरसाइकलमा सहभागी युवाहरु सम्मिलित उक्त मोटरसाइकल र्याली एपि मसिहा पार्टीको कार्यालय सुकेधाराबाट विहान ११ बजे शुरु भएर शहरका विभिन्न ठाउँहरुमा परिक्रमा गरी पूनः पार्टी कार्यालयमा पुगी सम्पन्न भएको थियो । सुकेधाराबाट शुरु भएको मोटरसाइकल र्याली चावहिल, कोटेश्वर, ग्वार्को, सातदोबाटो, एकान्तकुना हुँदै कलंकी, नयाँ बसपार्क, सामाखुशी, महाराजगञ्ज चक्रपथ हुँदै पूनः पार्टी कार्यालयमा पुगेर टुङ्गिएको थियो ।

सरकारद्धारा पेट्रोलिम पदार्थका साथै दैनिक उपभोग्य सामाग्रीमा गरिएको मुल्य वृद्धिको विरुद्ध र देशमा रहेका अल्पसंख्यक धार्मिक समुदायमाथि राज्यबाटै भएको ज्यादती लगायतका माग राखी गरिएको सो मोटरसाइकल र्यालीको नेतृत्व पार्टीका अध्यक्ष भरत गिरीले गर्नुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...