२०८३ साउन ७, बिहिबार
2026 July 22, Wednesday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

सारा चर्च मिनिष्ट्रिजले नेपाल टेलिभिजन लगायतमा ख्रीष्टमस विशेष कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं, २०७६ पुस ७ गते । नजिकिदै गरेको ख्रीष्टसमलाई मध्यनजर गर्दै सारा चर्च मिनिष्ट्रिजले आगामी डिसेम्बर २३ तारिखदेखि २५ तारिखसम्म नेपालका नेशनल टेलिभिजन च्यानलमा ख्रीष्टमस विशेष कार्यक्रम सञ्चालन गर्न लागेको छ ।

सो ख्रीष्टिमस कार्यक्रम आगामी डिसेम्बर २३ तारिखदेखि २५ तारिखका दिनसम्म नेपाल टेलिभिजनबाट हरेक दिनबिहान ८ः१५ बजेदेखि प्रशारण हुनेछ भने टि.भी टूडेमा २३ र २४ तारिख दिउँसो ४ः३० बजे र २५ तारिखका दिन बेलुकी ६ः३० बजे प्रसारण हुनेछ । त्यसैगरी प्राइभ टेलिभिजनमा २३ र २४ तारिख दिउँसो ३ः३० बजेदेखि प्रसारण हुनेछ भने २५ तारिख ख्रीष्टमसका दिन बेलुकी ६ः३० बजेदेखि प्रसारण हुन लागेको कुरा सारा चर्चका आदरणीय पास्टर रेभ. डा. तेज बहादुर रोक्काले हामीलाई बताउनुभएको छ । उहाँले कोभिड–१९ को महामारीले गर्दा यो वर्ष चर्चमा भेला भएर ख्रीष्टमस मनाउने वातावरण नभएकाले आफ्नै घरमा नै बसेर देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली भाषी दाजुभाइ तथा दिदीबहिनी सबैलाई नेपाल टेलिभिजन, टि.भी. टूडे र प्राइम टेलिभिजन मार्फत प्रसारण हुने ख्रीष्टमस विशेष कार्यक्रम हेरिदिनु हुन अनुरोध समेत गर्नुभएको छ ।

 

साथै नेपालका विभिन्न एफएम स्टेशनबाट पनि गत डिसेम्बर १५ तारिखबाट विभिन्न समयमा ख्रीष्टमस विशेष कार्यक्रम सञ्चालन हुँदै आएको छ भने आगामी डिसेम्बर ३० तारिखका दिनसम्म यो क्रम जारी रहने कुरा रेभ. डा. तेज बहादुर रोक्काले बताउनुभएको छ । उहाँले सबैलाई एफएम स्टेशनबाट प्रसारण हुने कार्यक्रम पनि आफ्नो ठाउँ र समय अनुकुल सुनिदिनु हुन अनुरोध पनि गर्नुभएको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...