२०८२ बैशाख ५, शुक्रबार
2025 April 18, Friday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

महासंघले आफूले गर्ने सर्भेक्षणबारे केन्द्रिय तथ्याङ्क विभागलाई गरायो जानकारी

२१ सेप्टेम्बर २०२०, काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि. बि. गहतराजको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डल र केन्द्रिय तथ्याङ्क विभाग, काठमाडौंका महानिर्देशक श्री नविन लाल श्रेष्ठ लगायत विभागका विभिन्न शाखा प्रमुखहरूसँग विभागको सभाहलमा आज राष्ट्रिय जनगणना २०७८ सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ ।

देश विदेशमा रहेका सम्पूर्ण नेपाली ख्रीष्टियनहरूको प्रतिनिधित्व गर्दै राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आगामी वर्ष केन्द्रिय तथ्याङ्क विभागले गर्न लागिको राष्ट्रिय जनगणना २०७८ मा नेपाली ख्रीष्टियन समुदायको भूमिका, नेपाल सरकारलाई सहायता गर्ने सम्बन्धमा, २०६८ सालमा भएको राष्ट्रिय जनगणनामा नेपाली ख्रीष्टियन समुदायको गम्भिर असहमति रहेकोमा आगामी वर्ष हुन गइरहेको राष्ट्रिय जनगणनामा त्यस प्रकारको परिस्थिति हुन नदिनका लागि गर्न सकिने विकल्पहरूका साथै राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले गर्न लागेको नेपाली ख्रीष्टियन समुदायको सर्वेक्षण सम्बन्धमा महासंघका अध्यक्ष सि.बि. गहतराजले विभागलाई जानकारी गराउनु भएको थियो ।

केन्द्रिय तथ्याङ्क विभागका महानिर्देशक श्री नविन लाल श्रेष्ठले नेपाली ख्रीष्टियन समुदाय पनि राज्यको एक अभिन्न अंग भएको भन्दै त्यसका लागि केन्द्रिय तथ्याङ्क विभागको साथ, सहयोग र ऐकबद्धता रहने छ भनि प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । त्यसै गरी महानिर्देशक श्रेष्ठले राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाललाई आवश्यक सरसल्लाह तथा सहयोगका सम्बन्धमा आफ्ना विभिन्न शाखा प्रमुखहरूलाई सबै प्रकारका सहयोग गर्नु भनी निर्देशन समेत दिनु भएको थियो ।

महासंघले नेपाल सरकारलाई आगामी राष्ट्रिय जनगणना सफलताका साथ सम्पन्न गर्नका लागि सबै प्रकारको साथ सहयोग गर्ने प्रतिबद्धता जनाउँदै नेपाल सरकार तथा केन्द्रिय तथ्याङ्क विभागले नेपाली ख्रीष्टियन समुदायप्रति देखाएको सदाशयता तथा सर्वेक्षणका लागि नेपाली ख्रीष्टियन समुदायको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

बैठकमा महासंघको तर्फबाट महासंघका अध्यक्ष लगायत वरिष्ठ सहअध्यक्ष रेभ.डा.फिलेमोन क्षेत्री, मण्डली समन्वय विभाग प्रमुख रेभ. पा. सोनाम काबो, उपमहासचिव पा. धनराज घिमिरे, सचिव पा. प्रेम कार्कीको बैठकमा उपस्थिति रहेको थियो ।

महासंघले नेपाली ख्रीष्टियन समुदायको हकहित तथा अधिकार सुनिश्चित गर्नका लागि आगामी वर्ष अर्थात २०७८ सालमा हुने राष्ट्रिय जनगणना सम्बन्धि सचेतना अभियान तथा नेपाली ख्रीष्टियन समुदायको सर्वेक्षणका सम्बन्धमा नेपाल सरकारको सम्बन्धित निकाय केन्द्रिय तथ्याङ्क विभागको साथ, सहयोग तथा ऐकबद्धता रहेकोले सबै नेपाली ख्रीष्टियन समुदाय यस महान अभियानमा र राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले गर्ने नेपाली ख्रीष्टियन समुदायको सर्वेक्षणमा प्रार्थना सहित सक्रिय सहभागिता र सहकार्यका लागि महासंघले आव्हान गरेको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...