२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

चर्को बिरोधपछि ज्ञानेन्द्र शाहीले आफ्नो अभिब्यक्ति फिर्ता लिदै माफी मागे

२४ अगष्ट २०२०, दिपेश श्रेष्ठ, काठमाडौं । केहि दिन अघि मकवानपुरमा झण्डा जलाइएको भिडियो सार्वजनिक भएको घटनाको सन्दर्भमा नागरिक अभियन्ता भनिने ज्ञानेन्द्र शाहीले आफूबाट नेपाली ख्रीष्टियन समुदायमाथि लगाइएको निराधार अभिब्यक्ति उपर चर्को बिरोध भएपछि आफ्नो अभिव्यक्तिको खण्डन गर्दै क्षमा याचना गरेका छन् ।

आज उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा आफू कुनै पनि जात, धर्म र सम्प्रदाय विशेषको पक्षमा नभएको स्पष्ट पार्दै उनले भनेका छन् –“नेपालका मौलिक धर्म, परम्परा, संस्कृति, राष्ट्र र राष्ट्रियताप्रति पूर्ण वफदार रही सँधै राष्ट्र, राष्ट्रियता र जनजीविकाको पक्षमा लागि समृद्ध नेपालको पक्षमा सत्तिसाल झै भएर उभिरहनेछु । भ्रष्टचार विरोधी अभियानलाई उत्कर्षमा पुगिरहेको सम्बन्धित विषयमा गहन अध्ययन गर्ने तथा सरोकारवाला आधिकारिक निकायहरूसँग बुझ्ने प्रयत्न जारी रहने निर्णय गर्दै देशमा भएका सबै जाति, धर्म समुदायमा एकता, सद्भाव, सामुहिक सहभागिताको अपिल गर्दछु । हाम्रो नेपाल, हामी नेपाली कुनै पनि धार्मिक अतिवाद वा जातिवादलाई स्वीकार गर्दैन र सबैलाई समान व्यवहार गर्दछ ।”

स्मरण रहोस्, नेपालको राष्ट्रिय झण्डा जलाइएको भिडियो सार्वजनिक भएपछि र उनको नेपालका ख्रीष्टियन समुदायप्रति लक्षित गरी आएको अभिब्यक्ति पछि राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल, नेपाल ख्रीष्टियन समाज, नेपाल इसाई नागरिक संघ, नेपाल ख्रीष्टियन पत्रकार संघ लगायत अन्य विभिन्न ख्रीष्टियन संघसंस्थाहरूले बिरोध गर्दै प्रेस विज्ञप्ति निकाल्नुका साथै विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि नेपालको झण्डा जलाउने कार्यको घोर बिरोध गर्दै सो घटनालाई जोडेर विभिन्न व्यक्तिहरूले यस कार्यमा नेपालमा रहेका ख्रीष्टियन समुदायमाथि आक्षेप लगाउने गरी पछिल्लो समयमा सार्वजनिक भएका अभिव्यक्तिमाथि आफूहरूको ध्यानाकर्षण भएको उल्लेख गर्दै घोर आपत्ति प्रकट गरेका थिए ।

ज्ञानेन्द्र शाहीको स्टाटस् यस्तो छ – इशाई धर्मावलम्बीप्रति

नमस्कार सर्वप्रथम म समस्त नेपाली इसाई समुदायप्रति क्षमा अर्थात माग्न चाहन्छु । राष्ट्रिय झण्डा जलेको दृष्यले जो कोही सच्चा राष्ट्रभक्ति नेपालीलाई आक्रोशित बनाउँछ त्यहिक्रममा मकवानपुरमा ग्याल्जेन दोर्जे तामाङले राष्ट्रिय झण्डा जलाएको विषयमा मैले प्रतिक्रिया दिँदा तत्काल मलाई प्राप्त भएको सूचनाका आधारमा झण्डा जलाउने व्यक्ति मंगोल नेशनल अर्गनाइजेशनको व्यक्ति भएको र त्यसअघि केहि सञ्चार माध्यममा मंगोल नेशनलको नेता भनिने डेविट लामा नाम गरेको व्यक्तिले जारी गरेको पर्चामा समेत सन् २०२५ मा नेपाललाई इसाई राष्ट्र बनाउने भन्ने प्रतिबद्धता गरेको भन्ने देखेको, त्यसअघि एकनाथ ढकाल, सच्चाई झुण्ड लगायतका गतिविधि र बहुचर्चित होलिवाइन काण्ड र मैले संगत गरेका केहि स्कूल तथा संस्थाहरुको समेत राष्ट्रिय अखण्डता र सार्वभौमिकतामाथि बारम्बार प्रहार भएको घटनाले मलाई राष्ट्रिय झण्डा जलाइनुमा इसाईहरुको हात रहेको र इसाईकरणको प्रभाव हो भन्ने बुझाईमा मैले यसअघि उक्त अभिव्यक्ति दिएको हुँ ।

मेरो अभिव्यक्ति पछि नेपालमा इसाई समुदायबीच भएको बहस, प्राप्त सुझाव तथा मप्रतिको आलोचना पछि मैले नेपाल ख्रिष्टियन पत्रकार संघका अध्यक्ष गिदोन लामिछाने (तारा) ज्यूसँग भिडियो सम्बाद गरी मैले नेपाली इसाई समुदायप्रतिको मेरो बुझाईमा कमिकमजोरी रहेको पत्ता लगाई मैले नेपाली इसाई समुदायप्रति यसअघिको अभिव्यक्ति फिर्ता लिने निर्णय गरेको हुँ । म कुनै पनि जात, धर्म र सम्प्रदाय विशेषको पक्षमा छैन । नेपालका मौलिक धर्म, परम्परा, संस्कृति, राष्ट्र र राष्ट्रियता प्रति पूर्ण वफदाररही सँधै राष्ट्र, राष्ट्रियता र जनजीविकाको पक्षमा लागि समृद्ध नेपालको पक्षमा सत्तिसाल झै भएर उभिरहनेछु । भ्रष्टचार विरोधी अभियानलाई उत्कर्षमा पुगिरहेको सम्बन्धित विषयमा गहन अध्ययन गर्ने तथा सरोकारवाला आधिकारिक निकायहरुसँग बुझ्ने प्रयत्न जारी रहने निर्णय गर्दै देशमा भएका सबै जाति, धर्म समुदायमा एकता, सद्भाव, सामुहिक सहभागिताको अपिल गर्दछु । हाम्रो नेपाल, हामी नेपाली कुनै पनि धार्मिक अतिवाद वा जातिवादलाई स्वीकार गर्दैन र सबैलाई समान व्यवहार गर्दछ । धन्यवाद । (ज्ञानेन्द्र शाही)

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...