२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

‘मेरो स्वर्णिम सेवाकाईका यात्राहरू’ नामक पुस्तक लोकार्पण

१८ अगष्ट २०२०, खरसाङ । भारतको खरसाङस्थित तीनधारेमा एल्डर मसिह प्रकाश मोक्तानद्वारा लिखित ‘मेरो स्वर्णिम सेवाकाईका यात्राहरू’ नामक पुस्तकको लोकार्पण सम्पन्न भएको छ ।

एल्डर मसिह प्रकाश मोक्तानको सेवाकाईको २५औं वर्ष पुगेको अवसरमा तीनधारेको सन्त जोहन चर्च भवनमा एक विशेष कार्यक्रमबिच उक्त पुस्तक विमोचन हिजो अगष्ट १७ तारिकका दिन सम्पन्न गरिएको हो । उक्त पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि पास्टर डा. अजय छेत्री लगायत अन्य अतिथिहरू पास्टर जोहन पोर्तेल, पा सुरज शर्मा, पा कबीर लामा, डिकन ईश्वरमान लेप्चा, लेखक एल्डर मसिह प्रकाश मोक्तान र उहाँकी पत्नी मार्थारानी राईको बाहुलीबाट गरिएको थियो । सुकमान लिम्बुद्वारा सञ्चालित उक्त कार्यक्रममा बाइबलबाट वचनको सेवा पास्टर डा. अजय छेत्रीले दिनुभएको थियो । साथै सुकमान लिम्बु र सुवास राईले कविता वाचन गर्नुभएको थियो । त्यसरी नै पास्टर मनोज तामाङ र प्रेजिना मोक्तान अनि परिवारद्वारा गीत प्रस्तुत गर्नुभएको थियो भने लासाङ स्मारक चर्चद्वारा कोरियोग्राफी प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा कार्यक्रममा सहभागी पाहुनाहरूलाई धन्यवाद ज्ञापन मार्थारानी राईले गर्नुभएको थियो । कार्यक्रममा पा. सलिम राई, पा. दिपेश गजमेर, एल्डर पुनम लिम्बु, एल्डर मोशा परियार लगायतको उपस्थिति थियो भनेर सुवास राईले जानकारी दिनुभएको छ ।

साभारः हाम्रो दृष्टि

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...