२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

ख्रीष्टियनहरूको मृत्यु संस्कारका लागि स्थानीय तहले गरायो जग्गा उपलब्ध

१० अगष्ट २०२०, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका भित्र रहेका ख्रीष्टियन समुदाय (चर्च)हरूले भोग चलन गर्न पाउने गरी बलेफी गाउँपालिकाको कार्यालयले ख्रीष्टियनहरूको मृत्यु संस्कार अर्थात दफन कार्य गर्नको लागि हालै सार्वजनिक जग्गा उपलब्ध गराएको खबर प्राप्त भएको छ ।

त्यहाँस्थित चर्चहरूको संगठित संस्था सिन्धु इसाई केन्द्र बलेफीका सचिव नारायण कार्कीले हामीलाई दिनुभएको जानकारी अनुसार सिन्धु इसाई केन्द्रको निरन्तर प्रार्थना सहितको पहलपछि बलेफी गाउँपालिकाको कार्यालयले ख्रीष्टियन धर्मावलम्बीहरूको दाहसंस्कारका निम्ति भन्दै सोही गाउँपालिका अन्तर्गत पर्ने वडा नं.७ तिरतिरेमा कित्ता नम्बर ३२८ मा रहेको सार्वजनिक बन उपलब्ध गराएको हो ।

स्थानीय निकायको यो कदमपछि राज्यले ख्रीष्टियन समुदायलाई पनि अन्य धर्मालम्बीलाई जस्तै समान व्यवहार गरेको भन्दै गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री लगायतका जनप्रतिनिधिहरूलाई धन्यवाद समेत दिइएको कुरा त्यस केन्द्रका सचिव नारायण कार्कीले हामीलाई जानकारी दिनुभयो ।

 

देशभर रहेका ख्रीष्टियनहरूलाई मृत्यु पछिको संस्कारको निम्ति राज्यले जमिन उपलब्ध गराउन नसक्दा लामो समयदेखि ख्रीष्ट अनुयायीहरूले समस्या झेलिरहनु परेको बेला यो खबरले सकारात्मक सन्देश दिएको जानकारहरू बताउँछन् । सिन्धु इसाई केन्द्रले पाएको सफलताले अन्य ख्रीष्टियन संघसंस्था वा चर्चहरूले पनि आ-आफ्नो स्थानीय तह लगायतका राज्यका निकायसँग यस्ता विषयमा पहल गर्न आवश्यक देखिएको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...