२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

धादिङस्थित अनुग्रह चर्चमा तोडफोड, धादिङ इसाई समाजको आपत्ति

७ जुलाई २०२०, धादिङ । धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं. ३ मैदी उखुबारीमा अवस्थित अनुग्रह चर्चमा गत श्रावण २१ गतेका राती अज्ञात समुहले चर्चको मूल गेट नै तोडफोड गरी भित्र प्रवेश गरेर चर्चभित्रको ढोका तथा झ्याल तोडफोड गर्नुका साथै भित्र रहेका मादल, गितार, किबोर्ड, तबला, साउण्ड सिस्टम लगायतका सामाग्रीहरू तोडफोड गरी क्षति पुर्याएको खबर प्राप्त भएको छ ।

सो घटनाप्रति धादिङस्थित धादिङ इसाई समाजले आपत्ति जनाउँदै आज एक विज्ञप्ति प्रकाशन गरेको छ । समाजले निकालेको सो विज्ञप्तिमा ख्रीष्टियन धर्मालम्बीहरूको आस्थामाथि भएको सो हमलाको घोर विरोध गर्दै सुनियोजित ढंगले तोडफोड कार्यमा संलग्न भएका व्यक्तिहरूको पहिचान गरी यथासिघ्र कानुनी दायरामा ल्याई कारवाही गर्न माग गर्नुका साथै उचित क्षतिपूर्तिको लागि धादिङ इसाई समाजले सम्बन्धित निकायसँग अनुरोध गरेको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...