२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

टिकापुर घटनाः पास्टर होइनन् आरोपी, समाज र महासंघले निकाले विज्ञप्ति

५ अगष्ट २०२०, काठमाडौं । कैलालीको टिकापुर–१ गणेशपुर शिविरमा मरेका स्थानीय मोतीराम डगौरा थारु जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको र त्यसरी लास राख्ने कार्य पास्टर दिपक चौधरीको अगुवाईमा भएको भनेर आएको समाचारका सम्बन्धमा आरोपी दिपक चौधरी पास्टर नभएको र यस घटनाको सम्बन्धमा आवश्यक छानविन गरी सत्य तथ्य बाहिर ल्याउन माग गर्दै राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल र टिकापुर ख्रीष्टियन एकता समाजले आज छुट्टाछुट्टै विज्ञप्ति निकालेको छ ।

महासंघका अध्यक्ष सि.वि. गहतराजद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा बाहिर आएको यस समाचारका सम्बन्धमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा अघि भनिएको छ, हाल उक्त घटनामाथि इलाका प्रहरी कार्यालय, टिकापुरले अनुसन्धान गरिरहेको छ । पास्टर र ख्रीष्टियन धर्मसँग जोडिएर आएको उक्त विषयमा ख्रीष्टियन महासंघले पनि स्थानीय प्रशासन, मण्डली लगायत सम्बन्धित निकायहरुसँगको समन्वयमा अध्ययन गरिरहेको जनाएको छ ।

त्यसैगरी टिकापुर ख्रीष्टियन एकता समाजका अध्यक्ष पास्टर हिरालाल भाटद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस घटनाका आरोपी दिपक चौधरी कुनै पनि चर्चका पास्टर नभएको, उनमा पास्टर हुनका लागि कुनै पनि धर्मशास्त्रीय ज्ञान नलिएको वा त्यस्तो योग्यता नभएको र उनी एक सामान्य ख्रीष्ट विश्वासी भएको स्पष्ट पारेको छ । साथै विज्ञप्तिमा सत्य तथ्य विवरण चाँडै सार्वजनिक हुने विश्वास व्यक्त गरिएको छ ।

 

खास यस्तो रहेछ घटनाः

मृतककी श्रीमती लक्ष्मी डगौराका अनुसार कैलालीको टिकापुरस्थित गणेशपुरमा प्राकृतिक प्रकोपबाट जोगाउन बनाइएको शिविर नजिक बस्ने मोतीराम डगौरा विगत लामो समयदेखि मुटुका बिरामी थिए । कोहलपुरको अस्पतालमा उपचार गरी फर्किएको र औषधि लामो समयसम्म सेवन गर्दा पनि निको नभएको अवस्थामा उनले र उनको परिवारले ख्रीष्टियन धर्ममा विश्वास गर्न थालेका थिए ।

गाडीमा राखेर प्रार्थना गराउन उनकै छोरा २१ वर्षीय ईश्वर चौधरीले लिएर गएका थिए । मोतीराम चौधरीको स्वास्थ्य अवस्था अति नै गम्भीर भएकोले प्रार्थना गरिरहेकै बेला उनको मृत्यु भएको मृतककी श्रीमती डगौराले बताउनुहुन्छ ।

मोतीरामको निधन भएपछि स्थानीय अगुवा दिपक चौधरी र सरोकारवालाहरूले अब घरमा लगेर मृतकको सदगद गर्न आग्रह गरे । तर छोरा ईश्वर डगौराले मेरो बुवा निको हुनुहुन्छ, घरमा आएर प्रार्थना गरिदिनुस् भन्दै आग्रह गरेकाले केही स्थानीय ख्रीष्टियन महिलाहरूलाई र स्वयम् दिपकलाई प्रार्थना गर्न लगाएका रहेछन् र झण्डै २/३ किलोमिटर पर बस्नुभएकी आमालाई पनि थाहा दिइएन ।

सो घटनाका सम्बन्धमा स्थानीय अगुवा तथा बस्ती सुरक्षा समितिका बुद्धि दमाईले प्रहरीलाई खबर गरेका थिए । प्रहरीमा उजुरी दिंदा दिपकलाई पास्टर भनेर लेखिएको थियो । तर दिपक चौधरी साधारण ख्रीष्टियन विश्वासी मात्र भएको तर पास्टरको जिम्मेवारीमा थिएनन् । मङ्गलबार दिउँसो मोतीरामको शरीर हेर्दा सडेर गन्हाइसकेको थियो । प्रहरी पुगेपछि ५ बजेतिर शव उठाएर टिकापुर अस्पताल लगिएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...