२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

युवा अभियान्ता बिष्टबाट चार स्थानीय निकायमा स्वास्थ्य सामाग्री हस्तान्तरण

२०७७ वैशाख १४ गते, काठमाडौं । सामाजिक क्षेत्रमा क्रियाशिल युवा अभियान्ता प्रतीक बिष्ट ‘अमर’ले कञ्चनपुरको दक्षिणी सीमानाका चार स्थानीय तहका विभिन्न निकायहरूमा पुगी स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गर्नुभएको छ ।

कोभिड १९ कोरोना भाइरसको उच्च जोखिममा रहेका भारतीय सीमाना कञ्चनपुरका ४ स्थानीय तहहरूमा संक्रमितहरूको प्रत्यक्ष सम्पर्कमा रहने पेशाकर्मीहरूको आत्म सुरक्षाका लागि भन्दै युवा सामाजिक अभियान्ता बिष्टले ती स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गर्नुभएको हो ।

युवा अभियान्ता तथा समाजसेवी बिष्टले बेल्डाँडी गाउँपालिका, बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरू, सुरक्षा निकाय र सञ्चारकर्मीहरूका लागि आवश्यक स्वास्थ्य सामाग्रीहरू पिपिइ ७० थान, थर्मल गन ४ थान, सर्जिकल मास्क ६००० थान, सर्जिकल ग्लोब ३००० थान, सेनिटाइजर ५०० थान, एन ९५ मास्क १४० थान ती चारै स्थानीय तहमा पुगेर हस्तान्तरण गर्नुभएको थियो ।

स्मरण रहोस् जुम्लाको पाताराशी गाउँपालिका ६ स्थायी घर भइ हाल काठमाडौं बस्दै आउनुभएका विष्टले यस अघि आफ्नै पहलमा दुखी, गरिव तथा असहायको लागि विभिन्न क्षेत्रमा विविध सहयोग पुर्याइसक्नु भएको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...