२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

सर्भ नाउ नेपालद्वारा निशुल्क खाना खुवाउने अभियानलाई आल्मुनियम बक्स प्रदान

२०७७ बैशाख १२ गते, काठमाडौं । काठमाडौंको बौद्ध नयाँबस्ती निवासी युवा समाजसेवी तुलसी श्रेष्ठको अगुवाईमा अति समस्यामा हुनेहरूका लागि खाना खुवाउने अभियानलाई सर्भ नाउ नेपालले खाना प्याक गर्ने आल्मुनियम बक्स आज प्रदान गरेको छ ।

काठमाडौंको बौद्ध नयाँबस्तीस्थित निशुल्क खाना खुवाउनका लागि तयार गरिने ठाउँमा आज बिहान पुगी सर्भ नाउ नेपालका राष्ट्रिय निर्देशक अर्जुन ढकाल र कार्यक्रम संयोजक जगदिश पोखरेल आफै पुगेर ती सामाग्रीहरू अभियान्तालाई हस्तान्तरण गर्नुभएको हो । सर्भ नाउ नेपालले प्रदान गरेको उक्त सहयोगमा तीन हजार पिस आल्मुनियम बक्स, खाना प्याक गर्नका लागि प्रयोग गरिने प्लाष्टिकका अन्य झोलाहरू लगायतका सामाग्रीहरू रहेका छन् ।

कोरोना भाइरसको महामारीले गर्दा नेपाल सरकारले एक महिनादेखि गरेको लकडाउनका कारण आफ्नो घरमा खाद्यान्न लगायतका सामाग्री नभएका दैनिक ज्याला मजदुरी गर्ने, अति विपन्न र यो विषम परिस्थितिमा खान नपाएका ब्यक्तिहरूको लागि आफ्नै घरमा खाना पकाई विभिन्न ठाउँमा पुर्याइ उहाँहरूले खुवाउँदै आउनु भएको छ ।

सो अभियानमा खाना पकाउन तथा वितरण गर्नका लागि उसु तथा करातेका राष्ट्रिय खेलाडी चित्र श्रेष्ठ लगायतका टिमले स्वयम् सेवकको रुपमा सहायता पुर्याउँदै आउनुभएको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...