२०७७ बैशाख ११ गते, काठमाडौं । अन्तर धार्मिक शान्ति महासंघ–नेपालले संसारभर फैलिएको कोभिड १९को महामारीको अवस्था र यससँगै उब्जिएका कतिपय अफवाहलाई समेत सम्बोधन गरेर एक विज्ञप्ति निकाली आफ्नो धारणा सार्वजनिक गरेको छ ।
विभिन्न धार्मिक समुदायका माझमा अन्तरधार्मिक सहअस्तितत्व, सहसम्मान र सहिष्णुताका लागि कार्य गर्न स्थापित भएको यस संस्था वा अभियान ‘अन्तरधार्मिक शान्ति महासंघ नेपाल’ले देश तथा विश्वमै अहिले फैलिरहेको कोभिड १९ कोराना भाइरसको महामारीको अवस्था र त्यसै सन्दर्भमा उब्जेका तथा उब्जाइएका कतिपय अफवाह समेतलाई सम्बोधन गर्दै एक प्रेस विज्ञप्ति जारी गरी आफ्नो धारणा सार्वजनिक गरेको हो ।
सो विज्ञप्तिमा “सामाजिक, धार्मिक, सांस्कृतिक र राजनैतिक एकता, सहकार्य र सदभावको संस्कृतिलाई प्रवद्र्धन गर्दै कोरोना विरुद्धको लडाइँमा एक भएर अघि बढौं ।” भन्ने सन्देशसहित अन्य पक्षहरू पनि समेटेर आएको यस विज्ञप्तिमा महासंघका कार्यवाहक अध्यक्ष सीमा खान र महासचिव डा. महेन्द्र भट्टराईद्वारा हस्ताक्षर गरिएको छ ।
विज्ञप्तिको पूर्ण पाठ प्रकाशित विज्ञप्तिमा हेर्नुहोला ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४