२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

प्रयास नेपाल, ललितपुरद्वारा विभिन्न ठाउँमा राहत वितरण

२०७७ बैशाख १० गते, ललितपुर । प्रयास नेपाल नामक गैरसरकारी संस्थाले कोभिड १९ को महामारीको विषम परिस्थिति रोकथामका लागि नेपाल सरकारले लामो समयदेखि गरेको लकडाउनले गर्दा अत्यन्त खाँचोमा परेका दैनिक ज्याला मजदुरी गर्ने २२५ विपन्न घरपरिवारलाई राहत वितरण गरेको छ ।

 

लामो समयदेखि देशभर जारी रहेको लकडाउनका कारण काम गरी आर्थिकोपार्जन गर्न नपाई दैनिक छाक टार्न पनि गाह्रो परेका दैनिक ज्याला मजदुरी गर्ने विपन्न परिवारका २२५ घरपरिवारलाई प्रयास नेपाल, ललितपुरले विभिन्न ठाउँहरूमा स्थानीय निकाय अन्तर्गत वडा कार्यालय र केहि स्थानीय चर्चहरूको समन्वयमा राहत प्याकेज वितरण गरेको हो ।

ललितपुर महानगरपालिका वडा नं.१८ को सैबु भैंसेपाटीस्थित वडा कार्यालय परिसरमा वडा नं.१८ मा डेरा गरी बस्ने दैनिक ज्याला मजदुरी गरेर आफ्नो जिविकोपार्जन गर्ने ११० विपन्न घरपरिवारलाई वडा कार्यालयले तय गरेको मापदण्ड अनुसारको राहातस्वरुपको खाद्यान्नहरू प्रयास नेपाल, ललितपुरको सहयोगमा हिजो वितरण गरिएको कुरा थाहा हुन आएको छ । साथै चितवनको पदमपुरमा पनि अति विपन्न ७५ घर परिवारका लागि त्यहाँको वडा कार्यालयको मापदण्ड अनुसारको राहत वितरणमा पनि प्रयास नेपाल, ललितपुरले सहयोग पुर्याएको छ । सरकारी मापदण्ड अनुसारको सो राहत प्याकेजमा चामल, दाल, तेल, चिउरा, नून र हात धुने साबुन रहेको थियो ।

त्यसैगरी प्रयास नेपालले विभिन्न चर्चहरूको समन्वयमा अति विपन्न ४० घरपरिवारका लागि “प्रयास नेपाल, ह्याप्पी प्याकेज”को राहत सहयोग गरेको कुरा प्रयास नेपाल, ललितपुरका संस्थापक तथा निर्देशक पास्टर चन्द्रमान नेपालीले बताउनुभएको छ । २५ के.जी.को जिरा मसिनो चामल एक बोरा, दाल ३ के.जी., चिउरा ३ के.जी., आँटा ३ के.जी., तेल १ लिटर, नुन १ प्याकेट र दुई पिस लाइफब्यायको सो ह्याप्पी प्याकेज ४० घरपरिवारलाई प्रदान गरिएको थियो । अति विपन्न दैनिक ज्यालादारी गर्ने मजदुरहरूका लागि खाद्यान्नको राहत प्याकेजका साथसाथै विभिन्न ठाउँहरूका हात धुने किटहरू पनि प्रयास नेपाल, ललितपुरले प्रदान गरेको कुरा जानकारीमा आएको छ ।

प्रयास नेपालका संस्थापक निर्देशक चन्द्रमान नेपालीले कोभिड १९ को महामारीको यो अवस्थामा सहयोग गर्नु हामी सबैको कर्तब्य भएकोले आफुहरूले पनि यस्तो अवस्थामा अति खाँचोमा परेका विपन्न परिवारका सदस्यहरूलाई खाद्यान्न लगायतका सामाग्रीहरू सहयोग गरी ईश्वरीय प्रेम प्रकट गर्न पाएको कुरा बताउनुभयो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...