२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

सुकुम्बासी बस्तीका १५०० परिवारलाई राहत वितरण

२०७७ बैशाख १० गते, ललितपुर । गैह्र सरकारी संस्था सेवा अहिले नेपाल (Serve Now Nepal)ले काठमाडौं उपत्यकाका सुकुम्बासी बस्तीका वासिन्दाहरू तथा निर्माण मजदुरहरूलाई गरी १५०० भन्दा धेरै परिवारलाई राहत वितरण गरेको थाहा भएको छ ।
संसारभरि नै फैलिएको कोरोना भाइरस संक्रमण (COVID -19) को त्रासका कारण नेपाल विगत एक महिनादेखि लकडाउनको अवस्थामा छ । यही लकडाउनको असरले आधारभूत खाद्यान्न तथा सरसफाइका सामग्रीहरूको समेत अभाव देखिन थालेपछि सामाजिक गैह्र सरकारी संस्था सेवा अहिले नेपाल (Serve Now Nepal)ले काठमाडौं उपत्यकाका सुकुम्बासी बस्तीका वासिन्दाहरू तथा निर्माण मजदुरहरूलाई गरी १५०० भन्दा धेरै परिवारलाई राहत वितरण गरेको छ । वितरण गरिएको राहतमा चामल, दाल, साबुन तथा जनचेतनाका सामग्रीहरू रहेका थिए । आफूले नियमित रूपमा गर्दै आएका कामहरू रोकिएपछि बिहान बेलुका के खाने भन्ने समस्या भएको अवस्थामा यो राहतले केही दिनकै लागि भए पनि सहायता गर्ने भन्दै राहत प्राप्त गर्नेहरूले खुशी व्यक्त गरेका थिए ।
आपतकालमा वितरण गरिएको राहत भएकाले वितरणको कुनै पनि फोटोहरू सार्वजनिक नगर्ने संस्थाले जनाएको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...