२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

युवा समाजसेवी तुलसी श्रेष्ठको अगुवाईमा खाना खुवाउन थालियो

२०७७ बैशाख ९ गते, काठमाडौं । काठमाडौंको बौद्ध नयाँबस्ती निवासी युवा समाजसेवी तुलसी श्रेष्ठको अगुवाईमा खाद्यान्न वितरणका साथ साथै अति समस्यामा हुनेहरूका लागि खाना खुवाउन थाल्नुभएको छ ।

कोरोना भाइरसको महामारीले गर्दा नेपाल सरकारले करीब एक महिनादेखि गरेको लकडाउनका कारण आफ्नो घरमा खाद्यान्न लगायतका सामाग्री नभएका दैनिक ज्याला मजदुरी गर्ने, अतिविपन्न र यो विषम परिस्थितिमा खान नपाएका ब्यक्तिहरूको लागि आफ्नै घरमा खाना पकाई आजदेखि खुवाउन थाल्नुभएको हो । उहाँको अगुवाईमा दैनिक गुजारा चलाउन नसकि अति नै समस्यामा परेकाहरूका लागि आफू बस्ने वडा लगायत वरपरका लागि खाना उपलब्ध गराउन थाल्नुभएको हो । यो अभियान आज वडाअध्यक्ष लगायतको उपस्थितिमा सञ्चालनको आरम्भ भएको उहाँले बताउनुभएको छ ।

आफ्नो यो प्रयास इष्टमित्र तथा परिवारका सदस्यका कारण सम्भव भएको कुरा यस सम्बाददातालाई बताउनु भयो । उहाँका अनुसार यो अभियान आजदेखि शुरु भएको छ र यो अभियान लकडाउन अवधिभर आफूहरूले सञ्चालन गर्ने कुरा स्पष्ट पार्नुभएको छ । दैनिक २०० जनाका लागि आफूहरूले आफ्नो वडा तथा वरपरका नागरिक कोहि पनि लकडाउनका कारण काम गर्न नपाएकोमा भोको नरहुन् भनेर यो अभियान सञ्चालन गरेको बताउनुभयो । साथै काठमाडौं बाहिरिने कलंकी र कोटेश्वरमा पनि उपत्यका बाहिर जान लागेका मानिसहरू भोकै जान नपरोस् भनेर दैनिक ५० जनाका लागि यो राहत सञ्चालन हुने बताउनुभएको छ ।

स्मरण रहोस् यस अभियान अघि उहाँको अगुवाईमा टुआरजीआर बिट्रिस मिलेटरी झुण्ड ब्रुनाईबाट प्राप्त सहयोगबाट २०० घरपरिवार, उत्साह चर्च जापानका पास्टर किरण मगर दम्पत्तिबाट प्राप्त भएको आर्थिक सहयोगबाट १०० घरपरिवार तथा पास्टर सुवास सुब्बा लगायत अन्य दाताहरूको सहयोगमा सबै गरी करीब ८ सय परिवारका लागि राहत वितरण गरिसक्नु भएको छ । र यो अभियान पनि निरन्तर सञ्चालन गरिने कुरा बताउनुभएको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...