२०८१ पुस ९, मङ्लबार
2024 December 24, Tuesday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

नेपाल एवेनेजर कलेजद्वारा राहत वितरण

२०७७ बैशाख ८ गते, काठमाडौं । जोरपाटीस्थित नेपाल एवेनेजर बाइबल कलेजले लकडाउनका कारण दैनिक जीवन यापन गर्न कठिन भएका ज्याला मजदुरी गर्ने ४० परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

सो कलेजले आज बिहान ९ बजे कलेजकै प्रांगणमा राहत वितरण कार्यक्रमको आयोजना गरी गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेको वाहुलीबाट खाद्यान्न वितरण गरिएको हो । सो अवसरमा नगर प्रमुख चालिसेले यस्तो विषम परिस्थितिमा नगरपालिका भित्रका ज्याला मजदुरी गरेर खाने परिवारका सदस्यहरूलाई खाद्यान्न वितरण गरेर नेपाल एवेनेजर कलेजले अति उदाहरणीय काम गरेको भन्दै कलेजलाई धन्यवाद दिनुभएको थियो ।

सो खाद्यान्न वितरण कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं.६ का वडा अध्यक्ष रमेश अर्याल, वडा नं.८ का वडा अध्यक्ष मनोज ढुंगाना, गोकर्णेश्वर इसाई समाजका अध्यक्ष पास्टर दिपेन्द्र सेन्चुरी र समाजसेवी नन्दलाल श्रेष्ठ लगायतको पनि सहभागिता थियो ।

नेपाल एवेनेजर कलेजका प्रिन्सिपल किरण शर्माका अनुसार सो कलेजले दैनिक ज्याला मजदुरी गर्ने विपन्न ४० परिवारका लागि राहतस्वरुप प्रत्येक परिवारलाई २५ किलो चामलको एक बोरा, २ किलो दाल, २ किलो चिउरा, १ केजी चिनी, एक पोका नुन, १ लिटर तेल, १ प्याकेट मसला, ५०० ग्रामको दालमोट, १ केजी मस्यौरा र १ थान साबुन वितरण गरेको हो । प्रिन्सिपल शर्माका अनुसार ती राहत सामाग्री खरिद गर्नका लागि एक लाख रुपैयाँ खर्च भएको छ ।

गोकर्णेश्वर इुसाई समाजका अध्यक्ष पास्टर दिपेन्द्र सेन्चुरीले विश्वव्यापी रुपमा फैलिएको महामारीका कारण लकडाउन भई काम गर्न नपाएका मजदुरहरुका लागि आवश्यक खाद्यान्न वितरण गरेर समुदायमा एक उदाहरणीय काम गरेको भन्दै कलेजको प्रशंसा गर्नु भएको थियो । उहाँले यस्तो संकटको समयमा राजधानीलगायत देशभरका चर्च तथा चर्चसँग आवद्ध भएका प्यारा चर्च अर्गनाइजेसनहरूले छिमेकीलाई प्रेम बाँड्ने उचित समय भएको भन्दै सहयोग गर्न आग्रह गर्नु भएको छ ।

स्मरण रहोस् एवेनेजर कलेजद्वारा आयोजित सो खाद्यान्न वितरण कार्यक्रम गोर्केश्वर इसाई समाजका अध्यक्ष पास्टर दिपेन्द्र सेन्चुरीको संयोजकत्वमा सम्पन्न भएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...