२०८१ पुस ९, मङ्लबार
2024 December 24, Tuesday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

ख्रीष्टियन व्यवसायीहरूद्वारा काभ्रेका सिडिओलाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

बनेपा, २०७७ बैशाख २ गते । विश्वभरि नै प्रभाव पारिरहेको कोरोना भाइरस (कोभिड-१९)का बिरामीहरु नेपालभित्र पनि बढिरहेको बेला बनेपामा व्यवसाय गर्दै आउनुभएका ख्रीष्टियन युवा व्यवसायीहरूद्वारा जिल्ला प्रशासन कार्यालय काभ्रेमा पुगी प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिना समक्ष केहि स्वास्थ्य सुरक्षाका सामाग्रीहरू हिजो हस्तान्तरण गर्नु भएको छ ।

बनेपामा रहेको दि मार्क फेब्रिक्स (The Mark Fabrics), नेशनल ओएर एण्ड युनिफर्म हाउस प्रा.लि. (National Wear and Uniform House P.Ltd.) र मेरो टेलर्स (Mero Tailors)ले यी स्वास्थ्य सामाग्रीहरू उपलब्ध गराएको हो । दि मार्क फेब्रिक्सका प्रोपाइटर प्रदिप कुमार प्रजापति, नेशनल ओएर एण्ड युनिफर्म हाउस प्रा.लि.का म्यानेजिङ डाइरेक्टर सुजन सुन्दास र मेरो टेलर्सका प्रोपाइटर सन्दिप बिक्रम थापा जिल्ला प्रशासन कार्यालय धुलिखेलमा पुगेर २७ थान पिपीई र १००० थान मास्क प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्नुभएको थियो ।

स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेपछि कोरोना भाइरस कोभिड-१९का कारण देश अहिले लामो समयदेखि लकडाउनमा रहेको छ र यो कोरोना भाइरस कोभिड-१९को रोकथाम र न्युनिकरणका लागि नेपाल सरकारले चालेको अभियानमा राज्यलाई साथ दिनु हामी ख्रीष्टियनहरूको पनि कर्तब्य हो, त्यसैकारण हामी तीन व्यवसायी मिलेर यो अभियान चलाएका हौं भनेर उहाँहरूले हामीलाई बताउनु भएको छ ।

स्वास्थ्य सुरक्षा सामाग्री प्राप्त गरेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) श्रवण कुमार तिमिल्सिनाले सहयोगका लागि व्यवसायीहरूलाई धन्यवाद दिनुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...