२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

युद्धको नयाँ रणनीतिः घरमा बसेर युद्ध जित्ने

केपी अधिकारी, ललितपुर ।

अहिलेसम्म कोरोना कोविड–१९बाट विश्वका २०८ राष्ट्रहरूमा १३ लाख भन्दा बढी मानिसहरूलाई (संक्रमित) प्रत्यक्ष प्रभाव परेको, झन्डै ७५ हजार मानिसको ज्यान गुमिसकेको अवस्थामा हाम्रो देशमा पनि ९ जनाको रोग निदान भएको अवस्था छ । यस अवस्थामा हाम्रो पहिलो दायित्व हामी घरमै बस्नु, दोस्रो आफू र परिवारको जीवन–स्वास्थ्य सुरक्षा गर्नु र तेस्रो परमेश्वरको आवाजलाई सुन्नु र सो अनुसार गर्नु, यी रणनीतिहरू अपनाएर हामी सजिलै युद्ध जित्नेछौं भनि विस्वस्त पनि हुनु पर्दछ ।

विश्वव्यापी महामारीको रुप धारण गरेको अनि मानव जीवनलाई ठूलो चुनौती दिंदै ग्लोबल सत्रु बनेको कोरना कोविड–१९ले तीन महिनाभित्रमा मानिसलाई तीन सय थरीका प्रश्नहरू उब्जाइ दिएको छ । मानिसहरू बेचैन भएका छन् अनि मन, मस्तिष्क र हृदयमा संकष्टका छालहरू खेलिरहेका छन् । आज मानवको अस्तित्व गहिरो चोटमा परेको छ, जीवनहरू कालो बादलमा मडारिएको अवस्था छ । यस अवस्थामा हाम्रो दायित्व भनेको हामी जुन देशमा छौं, त्यस देशको सरकारले आदेश गरेको र लागू गरेको नियममा बस्नु, आफ्नो जीवनको सुरक्षा गर्नु, अनि परमेश्वरको आवाजलाई सुन्नु आजको प्रथम दायित्व हो । यो दायित्वलाई परमेश्वरको आदेशको रुपमा ग्रहण गरेर सतप्रतिशत पालन गर्नु आवश्यक छ किनभने धर्मशास्त्र बाइबलमा लेखिएअनुसार इस्राएलीलाई ४० वर्षसम्म निर्वासित जीवन मरुभूमिमा बिताउनु पर्यो । परमेश्वरले इच्छा गर्नुभयो कि मानिसले उहाँको आवाज सुनोस् परमेश्वरले भने बमोजिम गरोस् तर सुनेर पनि बिद्रोह गरे जुन कुरा परमेश्वरले मोशाद्वारा भन्नुभयो । परमेश्वरको इच्छा थियो, उहाँको आवाज सबैले ध्यान दिएर सुनुन् र हृदयहरू कठोर नपारुन् भन्ने तर स्वर्गबाट आएको त्यो बाणी परमेश्वरको हो भन्ने ठानेर सबैले सुनेको हुनु पर्ने थियो र उहाँकै कारिन्दा बन्नु पर्ने थियो तर मानिस आफ्नै कार्यव्यस्तता र आफ्नै एजेन्डाबाट चलेका छौं । जुन कुरा अदनको बगंैचाबाट नै मानिसले ठूलो भूल गर्यो । अनि परमेश्वरका पुत्र येशू ख्रीष्टले पापमा लडेको त्यो मानिसलाई आफ्नो जीवन बलि दिएर पापबाट छुटकारा दिनु भयो । (हिब्रू ३ः७,१५,१६, ४ः७, यशैया ६ः८, प्रस्थान १९ः९, उत्पत्ति ३ः८–१०)

विश्वमा भएका पहिलो र दोस्रो विश्व युद्धमा मानिसले आफैले बनाएका हतियारहरूले (बम र बारुद) एक अर्कामा युद्ध लडे अनि आफै हारे पनि, आफै जिते पनि । तर आज यो विषम परिस्थितिमा ती कुनै पनि हतियार काम नलाग्ने भएका छन् । मानव जाति एकातिर र कोरोना भाइरस अर्कोतिर भएर आज युद्ध चलिरहेको छ र यो युद्धको अग्र मोर्चामा स्वास्थ्यकर्मी, त्यसपछि सुरक्षाकर्मी अनि हामी सर्वसाधारण मानिसहरू रहेका छौं ।

मानिसले आफ्नो हतियारले सक्ने भए डिसेम्बर ३१, २०१९ का दिन नै हामीले बिजय पाइ सक्ने थियौं । तर यो सम्भव भएन र हाम्रो युद्धको रणनीति परिवर्तन गर्नु पर्ने भयो, त्यसैले हामी सबै घरभित्र बसेर लड्नु पर्ने नयाँ तरिका आज हामीले आत्मसाथ गरेका छौं । अब परमेश्वरको आवाज सुन्ने र घरमा रहेर विश्व मानवको लागि प्रार्थना गर्ने, जसबाट हामी विजेता बन्नेछौं ।

आज संसारमा मानिसलाई सम्बृद्धि बनाउने धेरै कुराहरू स्वयम् मानिसले नै आफ्नो भएभरको बल लगाएर प्राप्त गरेको छ । आधुनिकताको नाममा आफू बस्ने घर स्टीलको बनाएको छ अनि परमेश्वरको घरलाई प्राथमिकतामा राखेन । धर्मशास्त्रले भने जस्तै सारा जगत हात पारेर आफ्नो प्राणलाई गुमाएको अवस्था छ (मत्ती १६ः२६) ।

अनि यस समयमा हामी मानव जाति आफ्नो छाती पिट्दै रोएर परमेश्वरतर्फ फर्केर प्रार्थना गर्नु अहिलेको सबैभन्दा पहिलो सर्त हो र यो सर्त परमेश्वरले आफ्नो वचनमा बोल्नु भएको छ (२ राजा ७ः१४) । सो अनुसार हामी देशको सरकारले जारी गरेको सूचनाको पालना अनुशासित भै लागू गर्ने र घरभित्र बसेर प्रार्थना गर्नु नितान्त रुपमा परमेश्वरको आज्ञा पालन गरेको ठहर्छ । उहाँले हामीलाई ठूलो जिम्मेवारी सुम्पनु भएको छ किनभने सबै मानिसहरूले परमेश्वरको आवाजलाई सुन्दैनन् र सुन्ने इच्छा पनि गर्दैनन्, केवल हामी उहाँका घरानाकाहरूलाई जिम्मेवारी आएको छ । हामीले उहाँको आवाज दिनदिनै सुन्नु पर्दछ र सो अनुसार नेपाल देश र विश्व बचाउने परमेश्वरलाई प्रार्थना गर्नु पर्दछ । अनि हामी आफै धर्मी ठहरिएर, कुनै पनि सानो कुरामा पनि नचुकिकन, परमेश्वरमा इमान्दार अनि मंसिहरू बिच उहाँको असल साक्षी बनेर हामीले सारा विश्वको लागि प्रार्थना गर्नु नै आज विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध उत्तम लडाई जित्ने ठूलो प्रयास हो । हाम्रो यो कार्यले विश्वलाई निको अवश्य पार्न सक्छ ।

अतः हामीले आफ्नो घरमा भित्र बसेर विश्वको एक मात्र सत्रु कोरोना भाइरसलाई परमेश्वरको इच्छा अनुरुप परास्त गर्न सक्नेछौं ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...